बुधबार, बैशाख १२, २०८१

नेपाल भ्रष्टाचारको हुने मुलुकको १सय३१ औँ स्थानमा सूचीकृत

काठमाडौँ माघ १२,  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १सय ७६ मुलुकहरुमध्ये सोमालिया  सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ भने डेनमार्क र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका imagesरुपमा चित्रित भएका छन ।

त्यस्तै १सय७६ मुलुकमध्ये नेपाल १ सय ३१ औँ स्थानमा सूचीकृत भएको उल्लेख गरिएको छ । त्यस्तै गरि अन्य मुलुकमध्ये भुटान २७ औँ स्थानमा, भारत ७९ औँ स्थानमा, मालदिभ् ९५ औँ स्थानमा, पाकिस्तान ११६ औँ स्थानमा सूचिकृत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रस्तुत प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनले जनाएको छ ।