शुक्रबार, बैशाख १४, २०८१

यसकारण गर्नुहुन्न सफा टेम्पोको विस्थापन

काठमाडौं माघ १०,    सफा टेम्पो कुनैबेला यात्रुको लागि पर्याय बनेको सवारी साधन हो । आफ्नै विशेषता बोकेको र काठमाडौका लागि अति नै उपयोगी साधन पनि हो ।  २०५२ सालदेखि संचालनमा रहेको यो विद्युतिय सवारी साधन यतिखेर विस्थापित नै हुने अवस्थामा पुगेको छ । यात्रुको सर्वाधिक माग र प्रदुषण रहित हुँदाहँुदै पनि विभिन्न षडयन्त्रका तानाबुना बुन्दै यसलाई समाप्त पार्ने खेलहरु प्रत्यक्ष रुपमा भइरहेका छन् । यो सवारी साधन विक्रम टेम्पोको विकल्पको रुपमा xCapture,28417,29.JPG.pagespeed.ic.lAdGaQ5jmgकाठमाडौंमा भित्राइएको थियो । डिजेल बाट चल्ने भएका कारण विक्रम टेम्पो प्रदुषणयुक्त थियो । ब्याट्रीबाट चल्ने र प्रदुषणमुक्त हुँदाहुँदै पनि सफा टेम्पोलाई विस्थापित गर्ने प्रयास किन सरकारी तबरबाटै भइरहेको छ बुझ्न सकिने अवस्था छैन । सरकारले बुझ्नुपर्ने कुरा के छ भने यस्ता सवारी साधनमा कुनैपनि इन्जिनको प्रयोग हुँदैन ।  सफा टेम्पोमा प्रयोग हुने ब्याट्री १४ देखि १६ महिना हटाइन्छ र त्यहाँ पुनः नयाँ ब्याट्री जडान गरिन्छ । सफा टेम्पोको प्रयोगले यात्रुहरुलाई एकप्रकारको भरपुर सुविधा पुगेको छ । बसमा जस्तो यसमा यात्रुलाई कोचिदैन र यात्रु क्षमता भन्दा बढी चढायने गरिदैन । १० जना भन्दा बढी यात्रु अटाउँदैन । पर्यावरणीय हिसाबले समेत राम्रो मानिएको सफा टेम्पोलाई विस्थापित गरेर अन्य सवारी साधनलाई प्रत्यक्ष फाइदा पु¥याउँने नीयत सरकारले राखेको आरोप व्यवसायी र चालकहरुले लगाई रहेका छन् । पुराना र  थोत्रा सवारी साधनलाई हटाउन नसक्ने सरकारले सफा टेम्पोलाई निसाना बनाएकोमा यतिखेर हजारौ मजदुर चालक तथा व्यवसायीहरु आक्रोशित बनेका छन् ।

सरसर्ती हेर्दा उपत्यकामा अहिले सात सय भन्दा बढी सफा टेम्पो संचालित अवस्थामा रहेका छन् । सात सय टेम्पोमा दुई हजार मजदुरहरुले काम गरिरहेका छन् भने सय भन्दा बढी त महिला चालकहरु नै रहेका छन् । सय चालक महिला भएको नेपालको यो नै पहिलो सवारी साधन हो । सवारी चालक पुरुष मात्र होइन । महिला पनि बन्न सक्छन् भनेर यसले बलियो उदाहरण प्रस्तुत गरेको छ । चुलो र चौका मात्र महिला सीमित छैनन् र सवारी साधन नै चलाउन सक्ने क्षमता राख्न सक्छन् भन्ने बलियो उदाहरण महिलाहरुले प्रस्तुत गरेका छन् । सफा टेम्पो महिलाले चलाएको देख्दा अन्य महिलाहरु प्नि यसैतर्फ आकर्षित भइरहेका छन् । २० वर्षे सवारी साधन हटाउने नाममा विकल्प बिना नै सरकारले यस्तो निर्णय गरेकोमा धेरैलाई चित्त बुझेको छैन । सरकारले विकल्प नदिइकनै यस्ता खालका गतिविधिहरु अगाडी बढाउन नहुने टेम्पो चालक हरु बताउँछन् । खासगरी नाकाबन्दीका बेला यस्ता खालका सवारी साधनको महत्व बढ्ने गर्दछ । डिजेल र पेट्रोल नचाहिने भएका कारण पनि यस्ता सवारी साधनको आवश्यकता महसुस हुन्छ । सरकारले विजुलीबाट चल्ने सवारी साधन उत्पादनमा सरकारले जोड दिनु पर्नेमा उल्टै हतोत्साहित गर्नुलाई कदापी राम्रो मान्न नसकिने चालक रमेश तामाङ बताउँछन् । उता सफा टेम्पो व्यवसायी चालक र मजदुरहरुले विकल्प बिना सफा टेम्पो हटाए डरलाग्दो ढंगले प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।