बिहिबार, बैशाख १३, २०८१

आजबाट सहिद सप्ताह सुरु

काठमाडौ माघ १०, आज माघ १० अर्थात मुलुकमा प्रजान्त स्थापनार्थ भएको विभिन्न आन्दोलनको क्रममा आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ ।  आज देखि माघ १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि गठित मूल समारोह Captureसमितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । यसक्रममा आज बिहान महानगरपालिकाले सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान पचलीमा श्रद्धाञ्जलि कार्यक्रम गरी सहिदप्रति सम्मान अभिव्यक्त गरिएको थियो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, नेपाल सद्भावना पार्टीका नेता निरञ्जन पौडेल र महानगरपालिकाका निर्देशक सनदकुमार थापाले निरङ्कुश व्यवस्थाविरुद्ध तत्कालीन कठिन परिस्थितिमा ज्यानको आहुति दिने सहिद महान् भएको र उहाँहरूका परिवारलाई राज्यले उचित सम्मान दिनुपर्ने धारणा राख्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा सहिद धर्मभक्त माथेमा प्रति माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । त्यस्तै, माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । समितिले माघ १६ गते रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी लैनचौरस्थित सहिद स्मारकमा गएर कार्यक्रम गर्ने महानगरपालिकाले जनाएको छ ।