शुक्रबार, चैत्र १६, २०८०

१६अस्पताल विकास समितिमा अध्यक्ष मनोनित (नामावली सहित)

काठमाडौं माघ १०, स्वास्थ्य मन्त्रालयले १६ अस्पताल विकास समितिमा लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको समस्यालाइ दृष्टिगत गर्दै पदाधिकारी मनोनित गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाले शुक्रवारको मितिमा १६ अस्पतालमा पदाधिकारी मनोनित गरेको हो । बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ।

health-ministryमन्त्रालय स्रोतका अनुसार अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाउँदै नियुक्त गरिएका अस्पतालका अध्यक्षहरुमा कान्ति बाल अस्पतालमा सुबोध राज आचार्य मनोनित भएका छन्। नारायणी उप–क्षेत्रीय अस्पताल, विरगंन्ज,पर्सामा विनोद कुमार गुप्ता, लुम्बिनी अन्चल अस्पताल, वुटवल, रुपन्देहीमा रमेश खनाल, गजेन्द्र नारायण सिंह सगरमाथा अन्चल अस्पताल राजविराज, सप्तरीमा डा।चिरन्जिवि लाल देव, अध्यक्षमा मनोनित भएका छन्।

त्यसैगरि तौलीहवा अस्पताल, तौलिहवा कपिलबस्तुमा रुद्र बहादुर गैरे, फाप्लु अस्पताल, फाप्लु, सोलुखुम्बुमा हुत्तराज बस्नेत, डोटी अस्पताल, डोटीमा सोपानसिह बोहरा, भिम अस्पताल, भैरहवा, रुपन्देहीमा विशेस्वर प्रसाद बस्याल, मंगलसेन अस्पताल, अछाममा यादव पसाद भटराई, मनाङ अस्पताल, मनाङमा मिङमार ढोमा लामा, उदयपुर अस्पताल, उदयपुरमा राकेश खत्री, लाहान अस्पताल, लाहान, सिरहामा फुलेश्वर महतो, जलेश्वर अस्पताल, जलेश्वर ,महोत्तरीमा राज कुमार सिंह, दैलेख अस्पताल, दैलेखमा बास्ना थापा, भोजपुर अस्पताल भोजपुरमा गजेन्द्र बहादुर कार्की, दिक्तेल अस्पताल खोटाङमा गणेश राई रहेका छन ।