शनिबार, बैशाख १५, २०८१

पौष २३ गते नेवाः एकता दिवस मनाइने

काठमाडौ पौष १८, आगामी पौष २३ गते शनिबार नेवाः एकता दिवस मनाइने भएको छ । दिवसको आयोजना सम्बन्धमा आज राजधानीमा आयोजित पत्रकार img_5301sjh_newa-swayattaसम्मेलनमा नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले ललितपुरको पुल्चोकमा भेला भइ बाजागाजासहित मंगलबजारको पुगी सभामा परिणत हुने जानकारी दिईएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान, संविधानमा नेवाः राज्य सुनिश्चित हुनुपर्ने, नेपालभाषा सरकारी कामकाजमा प्रयोग हुनुपर्ने, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने, आदिवासीहरुलाई हानि पुग्ने संरचना निर्माण रोक्नुपर्नेलगायतका माग समितिको रहेको उल्लेख गरिएको छ ।