शुक्रबार, बैशाख १४, २०८१

नेपालको अस्तित्व आधुनिक धृतराष्ट्रको हातमा

pen-copy-gift-150x15022-राजन कार्की

संविधान संशोधन हुन्छ कि हुन्न रु राप्रपा र फोरम लोकतान्त्रिकलाई भनेजस्तो पद दिएर सरकारमा सामेल गराउने र संशोधन पास गराउने रणनीति छ सरकारको । यही रणनीतिअनुसार १५ दिनभित्र संशोधन प्रस्ताव भोटिङमा लैजाने जानकारी दिइसकिन् सभामुखले । अर्थात सरकार र संसद एकातिर, प्रतिपक्षी अर्कोतिर ध्रुबिकृत हुनपुगेको छ ।   लाग्छ, अव पहाड र मधेस छुट्याउने विषवृक्ष १५ दिनभित्र लोकतान्त्रिक सरकारबाट रोपिने भयो । नेपालको विखण्डनको सुरुआत जनप्रतिनिधिमूलक संसदबाटै हुने भयो । संशोधन पारित गरेर नेपाली राजनीतिमा फाइटर किङकङले जस्तै बिजयी शिर उठाएर धमाकेदार भाषण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना छ । चुनाव अघिको यो योजना मधेसमा मओवादी किल्ला बनाउने र पार्टीको विजय झण्डा चुनाव अघि देखि नै फहराउने तैयारका रुपमा माओवादी केन्द्रले लिएको छ । माओवादीका लागि भारत र सत्ताबाहेक अरु केही महत्वपूर्ण देखिदैन । लाग्छ, नेपालको अस्तित्व आधुनिक धृतराष्ट्रको हातमा कैद हुनपुग्यो । यसमा प्रजातान्त्रिक भनिने नेपाली कांग्रेस सबैभन्दा बढी दोषी बन्न पुगेको छ ।  संविधान संशोधन गर्न भारतस“ग चिठी लेखेरै सहयोग माग्ने प्रधानमन्त्री, सहयोग दिन भारत तैयार भएको समाचारले एमाले नराम्ररी बिच्किएको छ । मधेसी मोर्चालाई खुश पार्नेगरी संविधान संशोधन गर्न नसकेकाले भारतको बेखुसी र असन्तुष्ट मधेसी मोर्चाले संविधान दिवसका अवसरमा कालोझण्डा र ब्ल्याकआउट गर्नेसम्मको बिरोध कार्यक्रम सार्वजनिक गर्दा प्रचण्ड माखेसांग्लोमा बाँधिएका थिए, ४ महिनाको अवधिमा प्रधानमन्त्रीले मधेसी र भारतलाई इष्ट बनाइसकेका छन् ।

नेपालको परराष्ट्रनीति भनेको असंलग्न र समदूरीको सिद्धान्त हो । चीन र भारतमा विशेष दूत पठाउँदा चीनतिर गएका कृष्णबहादुर महराको हात रित्तै थियो भने भारततिर गएका बिमलेन्द्र निधिको हातमा गोप्य खाम थियो । गोप्य खामभित्र भएको चिठीमा के लेखिएको थियो रु त्यो जान्न खोजेको एमालेले, जान्नकै लागि सडकदेखि संसदसम्म प्रश्न उठयो र संशोधन कसका लागि भनिरहेकै छ । खुलेआम रुपमा संसदबाट संशोधन भारत र मधेसका लाग भनेर प्रधानमन्त्रीले प्रमाणित गर्ने कालो दिन १५ दिनभित्रै आउनेवाला छ । नेपालको राष्ट्रवाद, स्वाधीनता र सार्वभौमसत्ता छिटै पाहा पछारिएजसरी पछारिने भयो ।  एक देशका प्रधानमन्त्रीले अर्को देशका प्रधानमन्त्रीलाई पत्र लेख्नु, कूटनीतिक सौहाद्रता प्रदर्शन गर्नुले बिग्रेको सम्बन्ध सामान्यीकरण र भएको सम्बन्धमा सुमधुरता बढाउ“छ । तर प्रचण्ड प्रधानमन्त्री बनेपछि जे जति कूटनीतिक आचार र नेपालको भविष्य अन्धकार पार्नेगरी काम गरिरहेका छन्, ती सब हेर्दा लाग्छ– दालमे कुछ काला है । त्यो कालो संविधान संशोधनका माध्यमबाट प्रष्ट हुनेभयो । १९७५ मा सिक्किमको संसदले हामी भारतस“ग गाभिन तैयार छौं भनेर प्रस्ताव पारित गरेर देश समाप्त पारे, हाम्रो लोकतान्त्रिक संसदबाटै घुमाएर कान समाउने तरिकाले नेपालको अस्तिव जोखिममा पार्ने काम आधा सम्पन्न भइसक्यो, पूरा सम्पन्न हुने साइत जुराइदैछ ।  ९१ प्रतिशत जनमतले जारी गरेको संविधान कार्यान्वयन हुनसकेन । जारी गर्ने शक्तिहरु बिभाजित भएका छन् । जनताले अपनत्व स्वीकार गर्नै सकेनन् । संविधानका अगाडि खोलो, पछाडि खाल्डो बनेको छ । खोलो तर्न ताक खोज्दाखोज्दै समय घर्कदै १६ महिना बितिसक्यो ।

स्थिति यसरी बिग्रिसक्यो कि नेताहरुलाई खतिको बेला मति  आउँदैन भनेजस्तो भएको छ । संविधान कार्यान्वयन गर्ने नाममा र चुनावलाई सम्भव गराउने बहानामा नेपालको राष्ट्रिय एकतामा विष घोलिदैछ । ३० वर्ष पञ्चायत चल्यो, ०४६ सालमा पञ्चायत ढलेपछि पञ्च–महापञ्चहरुले जिम्मेवारी बहन गरेनन् । बहुदल आयो, २७ वर्ष प्रजातन्त्र चल्यो र लोकतन्त्रका नाममा पुनर्जन्म भयो । प्रजातन्त्रका सारथी, रथी, महारथी कसैले पनि त्यो कालखण्डको जिम्मेवार लिएनन् । त्यही प्रजातन्त्रको समय थियो २०५८ साल । जेठ १९ गते ३ हजार सेनाले पहरा दिएको राजा वीरेन्द्रका बंशै बिनास भयो । प्रधानसेनापति थिए– प्रज्ज्वलशमशेर जबरा । आफ्नै परमाधिपतिको सुरक्षा दिन नसकेकोमा ती प्रधानसेनापतिले पनि जिम्मा लिएनन् । लोकतन्त्रको १२ वर्षमा राष्ट्रको जे जति क्षयीकरण भयो, विधको शासनमा जसरी भागबण्डातन्त्र मौलाएको छ, यसको जिम्मेवारी लिने पनि कोही छैनन् । सबैको ध्यान सत्ता र शक्तिमा केन्द्रित हुनपुगेको छ ।

दरवारबाट पोषित पुरुष हुन् रमेशनाथ पाण्डे, जनताको छोरो हु“ भन्ने प्रधानसेनापति थिए छत्रमान सिंह गुरुङ, राजाकै एडीसी थिए– विवेक शाह, लामो समय राजाका प्रमुख सचिव बनेका रेवतीरमल खनाल– जो जो नेपाली सेना र दरवारमा जागीरे थिए ती सबैले आत्मबृतान्त लेखे लेखाएर आत्मप्रशंसा गरिरहेका छन् । यसबाट रुकमांगद कटवाल पनि अछुतो रहन सकेनन् । दरवारको खोइरो खन्ने र लिक गर्नै नहुने गोप्यताहरु पनि भङ्ग गरेर आफू पनि क्रान्तिकारी, योग्य र ऐतिहासिक भएको झ्याली पिटिरहेका छन् । कसैले आफ्नो कार्यकालको जिम्मेवारीवोध गर्न सकेनन् । आफ्नो लेखनले वर्तमान र भावी पुस्तालाई, शासनव्यवस्थालाई के कति लाभ पु-याउन सक्छ भन्नेतिर कसैको पनि ध्यान गएको देखिदैन । लोकतान्त्रिक नामको हावादारी कवच धारण गरेर सबैले आफूले आफैलाई मकै नङ्ग्याएझैं नङ्ग्याइरहेका छन् ।

नेपालको इतिहासको कालखण्डमा जसरी राजेन्द्र लक्ष्मी र बहादुर शाहको दरवारी दुईगुट बनँएर षडयन्त्र भइरह्यो, काजी दामोदर पाँडे, बंशराज पाँडे काटिए, राजकुमार बहादुर शाहको रहस्यमय मरण हुनपुग्यो । रणबहादुर शाह पनि काटिएकै हुन् । भीमसेन थापाले केही देशघातीलाई काट्न लगाए, केहीलाई ज्यूदै पोलेको इतिहास पनि छ तर पछि आफै सेरिएर मरे । मामा माथवर सिंहलँई मारेर जंगबहादुरले राजेन्द्रलक्ष्मीबाट पदोन्नतिमात्र पाएनन्, प्रधानसेनापति नै बने । शक्तिको करिडरमा देखिने आश्चर्यजनक घटनाहरुमध्ये कोतपर्व पनि हो, जसले १ सय ४ वर्ष लामो राणा शासन जन्माएको थियो । २०६३ सालपछिका राजनीतिक चक्रवात भोगेका आमनेपाली लोकतन्त्र अर्को कोतपर्वको आधुनिक अनुहार साबित हुनपुगेको छ ।  २०४६ सालमा विदेशीका सामु होइन, जनताका सामु झुक्छु भन्ने राजा वीरेन्द्र हुन् । उनको हत्यामा खुनी हात जसको होस्, त्यही खुनी हातले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरायो । जनआन्दोलनको १२ वर्ष र गणतन्त्र आएको ९ वर्षमा पनि गणतन्त्रको रुपरंग, बास्नाव्यवहार लोकले थाहा पाउन सकेनन् । किन ?  किनभने अहिले पनि जिम्मेवारी लिन कुनै नेता तैयार छैनन् । सबै लखनौंलूटका मतियार बनिरहेका छन् । नयाँ नेपाल बनाउन हिडेका नेताहरु नयाँ जोगीले बढी खरानी धसेजस्तो कुरुप बन्नपुगेका छन् ।

निरंकूशता विरुद्धको जनआन्दोलनको मागलाई धर्मनिरपेक्षतामा रुपान्तरण किन गरियो रु संघीय पद्धति माग नै थिएन, जाति, भाषा, भेष, क्षेत्रको मुद्दा निकालेर १२६ जातिको नेपालमा १७० दल दर्ता गरेर नेपाललाई यदुबंशीको बिनासलीलाको युद्धभूम तैयार गरेर धकेल्ने प्रपञ्च किन हु“दैछ रु हाम्रो राष्ट्रिय धर्म–संस्कृति, राष्ट्रिय–अन्तर्राष्ट्रिय मूलनीति, राष्ट्रिय पर्व, राष्ट्रिय पोसाक के हुन् र त्यसमा राष्ट्रिय सहमति र प्रतिवद्धता किन छैन रु नेपालीको मत लिएर नेता बनेकाहरु पार्टीलाई पसल बनाएर राजनीतिको व्यापार गर्न दिल्ली दौडिरहेका छन् । यो अचम्म र अत्यासलाग्दो नेपालको यथार्थ हो । मुलुक सकसमा छ, मुलुकबासी विपतमा छन्, सत्ताधारी र विपक्ष राजनीतिकर्मीहरु उत्पात मच्चाउन थालेका छन् । यिनको बेमेलले कूशासन र विदेशी चलखेल बढाउने मैदान प्रसस्त गरिदिएको छ । हामी स्वाभिमान साँघु(-उँदै  छौं  षडयन्त्रकारीहरु हाम्रो छातीमा परेड खेलिरहेका छन् । नेपाल स्वतन्त्रभन्दा पनि परतन्त्रमा विश्वास गर्ने मुलुक बन्दै गएको छ ।

यिनलाई लागेको छ– अझै पनि राजतन्त्रलाई दोष दिएर उम्किन सकिन्छ । त्यसैले पूर्वराजाले वक्तव्य दिदा अथवा सन्देश दिदा पनि आफ्नै छाया“बाट डराउ“छन् र पूर्वराजालाई अझ दुःखदिने अभिव्यक्ति सार्वजनिक गर्छन् ।  आज राजा छैनन, दरवार पनि छैन । फेरि किन राजतन्त्रमाथि राजनीतिक दलहरु खोइरो खनिइरहेका छन् । सा“च्चै पूर्वराजा कि चपरीमुनीको बास, कि हस्तिनापुरको राज भनेर जनतामाझ निस्किए भने के हुन्छ रु पुस २७ को पूर्वराजाको सन्देशले संकटमा परेको राष्ट्रियता बचाउन अघि सर्नै लागेको संकेत दिएका छन् ।  पूर्वराजा ज्ञानेन्द्रले ताजा सन्देशमा भनेका छन्– दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आइपुगेको’ ठहर समेत गरेका छन् । देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन । यसको अर्थ पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा निस्कन लागेको भन्ने जनविश्वासमा बढोत्तरी भएको देखिन थालेको छ ।