बुधबार, बैशाख २६, २०८१

सिद्धार्थ नामको विवाद सडकमा

bhupendra_acharya1-भूपेन्द्र आचार्य
एउटै नाम भएका तीनवटा वित्तिय संस्था भए पछि नेपाल राष्ट्र बैंकले नाम परिवर्तन गर्न सिद्धार्थ फाइनान्स कम्पनी, सिद्धार्थ बैंक लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई पत्राचार ग-यो । मिलेर नाम परिवर्तन गर्नु भननेर सिद्धार्थ फाइनान्स मर्ज भएर गएपछि सिद्धार्थ बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नाम परिवर्तन गर्न पुनः दियो निर्देशन तर केही प्रगति नभएपछि विगतमा मर्जरको स्वीकृती सिद्धार्थ डेभलपमेन्ट बैंकलाई दिंदा नाम परिवर्तन गर्ने सर्तमा दिए पछि नाम परिवर्तन नभएपछि राष्ट्र बैंक कडा रुपमा उत्रिने भएको छ ।
राष्ट्र बैंकका सह–प्रबत्ता राजेन्द्र पण्डिले भनेः– राष्ट्र बैंक भन्दा ठूलो एजिएम होइन । हामीले विगतको मर्जर गर्ने स्वीकृति दिदा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नाम परिवर्तनको शर्त राखेको थियौं । त्यो भएन अब स्पष्टिकरण माग्ने काम गर्दछौं । सिद्धार्थ नाम विवादवारे सिद्धार्थ बैंक लिमिटेडका सिइओ सुरेन्द्र भण्डारीले राजतिलक साप्ताहिकसँग भनेः मिलेर नाम परिवर्तन गर्न पत्र हामीलाई पनि आएको थियो पछि कुरा मिलेन । हामी राष्ट्रिय स्तरको पहिलो कम्पनी दर्ता भएको सिद्धार्थ बैंक हो । सिद्धार्थ डेभलपमेन्ट क्षेत्रिय स्तरको बैंक होइन । हामीले होइन सिद्धार्थ डेभलपमेन्ट बैंकले नाम परिवर्तन गर्नुपर्दछ । त्यो राष्ट्र बैंकले भनेको छ । हामी नाम फेर्ने पक्षमा छैनौ । उनीले थपे ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले नाम फेर्ने सर्तमा अन्तिम मर्जरको स्वीकृति लिएको राष्ट्र बैंकले दावी गरेपछि नाम हामीले फेर्ने कुरै भएन नि ! सिद्धार्थ डेभलपमेन्ट बैंकले नाम फेर्ने तयारीका साथ ५ वटा नयाँ नाम लिएर एजीएममा गएपनि नाम परिवर्तन भएन यस बारेमा सिद्धार्थ डेभलपमेन्ट बैंकका सिइओ अजय कुमार मिश्रले भनेः हामी क्षेत्रीय स्तरको सिद्धार्थ नामको पहिलो कम्पनी दर्ता भएको सिद्धार्थ डेभलपमेन्ट बैंक हौं । राष्ट्र बैंकले नाम परिवर्तन गर्न दिएको निर्देशन अनुसार नै ५ वटा नाम तयार गरि राष्ट्र बैंकमा पत्राचार गरि एजिएमा गयौं तर पास भएन । अझै पनि हामी राष्ट्र बैंकले निर्देशन दिए नाम परिवर्तन गर्न तयार छौं । व्यवस्थापन टिम र बोर्डले नाम परिर्वतन गर्न लगेको प्रस्ताव पारित भएन तर पनि हामी राष्ट्र बैंकको निर्देशन पालना गर्ने पक्षमै छौं ।
उनीले थपेः हामी सिद्धार्थ बैंक भन्दा पहिला सिद्धार्थ डेभलपमेन्ट बैंक नाममा दर्ता भएको हो । तर पनि नाम फेर्न तयार छौ नि । जे भएपनि एउटै नामको दुईवटा संस्था दर्ता गर्न पाइदैन । अव राष्ट्र बैंकले कि मर्जर गर्नु प-यो कि एउटा नाम परिवर्तन गर्न पहल गर्नु प-यो । होइन भने यी दुवै बैंक अदालत जानु प-यो नि एक आर्थिक विज्ञले राजतिलक साप्ताहिकसँग बताए । बैंकका विशिष्ट क्षेणीका कर्मचारीलाई उद्दत गर्दै सिद्धार्थ डेभलपमेन्ट बैंकका एक संचालकले भनेः– नेपाल राष्ट्र बैंक नियमक निकाय हो । उसले दिएका निर्देशनहरु मान्दिन भन्न हुँदैन । सकेसम्म हामी यो मुद्दालाई मिलाउन पट्टि लागौं । तर सेयरधनीहरुले जो सुकै भएपनि कानूनभन्दा बाहिर जान नसक्ने भन्दै नाम फेर्न नहुने बताएका थिए । सेयरधनीहरुलाई उदृत गर्दै ती संचालकले भनेः– कम्पनी नियम नै हेर्दा पनि हाम्रँे बैंक पहिला दर्ता भएको हो, त्यो भन्दा अघि सिद्धार्थ फाइनान्स थियो जुन अर्के संस्थाा गाभिएको छ । अब यो नाममा हाम्रो अधिकार हुन्छ । हामी किन नाम फेर्ने ?

पहिले दर्ता भएकाले नाममा पहिलो अधिकार खास विवाद भनेको सिद्धार्थ डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंक मध्ये कसले नाम फेर्न हो भन्नेमै केन्द्रित हो । मर्जर पनि जान लागेकाले नाम परिवर्तन गर्दा खासै असर नपर्ने मनसायले नेपाल राष्ट्र बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नै नाम परिवर्तन गर्न प्रस्ताव गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । सिद्धार्थ डेभलपमेन्ट बैंकले केही महिना अघि एकता विकास बैंक र नेपाल आवास फाइनान्ससँग सफल मर्जर सकेको थियो । त्यही क्रममा नाम फेर्न सजिलो हुने भन्दै राष्ट्र बैंकले ताकेता गरेपछि सिद्धार्थ डेभलपमेन्ट बैंकको संचालक समितिले साधारणसभा नाम नफेर्ने निर्णय गरेपछि अब राष्ट्र बैंकले कस्तो कदम चाल्छ र कुन संस्थाले नाम फेर्नुपर्छ भन्ने कुरामा धेरैको ध्यान आकृष्ट भएको छ । मर्जर गईरहेकाले हामीले उतिकेला नाम फेर्नका लागि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई भनेका हौं यहाँ कुनै लालच, लोभ र प्रलोभनको कुरै छैन, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । तर राष्ट्र बैंकले गैरकानुनी दबाब दियो भनेर हल्ला गरियो । गैरकानुनी भयो भन्ने लाग्यो भने न्यायका लागि अदालत त गैरकानुनी छैन नि ।  सिद्धार्थ डेभलपमेन्ट बैंक २०५६ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको थियो । त्यो भन्दा अघि यही नामको एउटा फाइनान्स त अझ २०५२ जेठ ११ गते नै कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको थियो । हाल सो फाइनान्स महालक्ष्मी फाइनान्ससँग मर्जरमा गइसकेको छ । वाणिज्य बैंकका रुपमा स्थापना भएको सिद्धार्थ बैंक भने २०५८ साल असोज १२ गते राष्ट्रिय स्तरको बैंक दर्ता भई संचालन भएको आफ्नो पहिलो अधिकार हुनुपर्ने भन्दै नाम फेर्ने प्रस्तावलाई सिद्धार्थ डेभलपमेन्ट बैंकको एजिएले अस्वीकार गरेको बताइएको छ । जे भएपनि मर्जरको स्वीकृतीसँगै नाम परिवर्तन गर्ने शर्तमा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले दिएको निर्देशन पालना गर्नु उचित हो ।