बिहिबार, बैशाख १३, २०८१

मेलामा १ लाख ३ हजार अवलोकनकर्ताबाट ६ करोड भन्दा बढीको कारोवार

भक्तपुर मार्ग २८,   मेला गरौं, मेला भरौं, मेलामहोत्सवबाटै विकास गरौं भन्ने मूल नाराका साथ भक्तपुरको सल्लाघारीमा जारी भक्तपुर अन्तर्राष्ट्यि व्यापार मेला २०१६ले भूकम्पको पीडालाई विर्सेर एक आफसमा भेटघाट , किनमेल र मनोरञ्जन गर्ने अवसर मात्र नभइ यहाँको कला संस्कृतिलाई देश विदेशमा परिचित गर्ने, गराउने र क्षनिक भन्दा दीर्धकालिन लाभ हासिल हुने अवसर सृजना गरिएको मेलाका प्रमुख सल्लाहकार एवं प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौड्यलले बताउनु भएको छ । मेलाको ५ औं दिन मंगलवारको साँझ मेला अवलोकन गर्न आउनु भएका प्रमुख जिल्ला अधिकारी पौड्यलले युवा पीडिलाई सांगितिक माहोलले तानेको, अन्य सहभागिलाई घरायसी सामग्री, तयारी पोशाक देखि गाउँ ठाउँको उत्पादनले आकर्षित गरेको बताउनु हुँदै भक्तपुरमा भएका मेलाहरु मध्ये यो मेला अहिलेसम्मकै उत्कृष्ठ आफुहरुले प्रतिक्रिया पाएको   जानकारी दिनु भयो ।

त्यस्तै  मेला संयोजक राजु मृगेन्द्र जोशीले मेलामा   आजसम्ममा एक लाख ३ हजारले मेला अवलोकन भई ६ करोड भन्दा बढी व्यापार गर्न सफल भएको जानकारी दिनु भयो ।   अवलोकनकर्ता���रुको आज भीडभाड बढ्दा राम्रोसँग अवलोकन गर्न नपाएको, किन मेल समेत गर्न नपाएको अवलोकनकर्ताहरुको गुनासो आएको भन्दै मेला हरेक वर्ष आयोजना गर्न अवलोकनकर्ताले आयोजकहरुलाई प्रोत्साहन सहितको  आग्रह   गरेको  आयोजक समिति भक्तपुर उद्योग वाणिज्य सघका अध्यक्ष केपी अवालले बताउनु भएको छ ।  त्यस्तै  अध्यक्ष अवालले   मेलाको अन्तिम  दिन अर्थात बुधवार  मेला हेर्न छुटेका, मेला अवधिमा किनमेल गर्न नपाएका समुदायको माहोल थप  बढ्ने विश्वास  व्यक्त गर्नुभएको छ ।   त्यस्तै  संघका महासचिव शिव मानन्धरले मेलाले दिएको सफलतासंगै फेरी फेरी पनि मेला आयोजना गर्न उत्साह मिलिरहेको भन्दै बुधवार समापनका दिनमा गायक धिरज राईको विशेष  सांगितिक प्रस्तुतिसंगै  थप विशिष्ट व्यक्तित्वहरुबाट समेत   अवलोकन हुने जानकारी दिनु भयो ।

आजको मेलामा संस्कृति पर्यटन तथा नागरिक उड्दन राज्यमन्त्री इन्द्र वहादुर बानियाँ,  पूर्वमन्त्री शंकर कोइराला, नेपाल उद्योग वाणिज्य महाँसंघका अध्यक्ष पशुपति मुरारका, सभासद रामेश्वर ढुंगेल, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौड्यल, स्थानीय विकास अधिकारी धुर्वप्रसाद कोइराला, अपराध अनुसन्धान महाशाखा भक्तपुरका प्रमुख पपु शर्मा लगायतका महानुभावहरुले मेला अवलोकन गर्नु भएको  आयोजकले  जनाएको छ ।  आज रोट्याक्ट क्लव अफ पाटन दरवारस्वीक्वार र विभिन्न स्कूल तथा विद्यालयले फेशन सो तथा नृत्य एवं सांगितिक प्रस्तुती गरेका थिए । टिकटको कुपनको आधारमा दिइने पुरस्कार वितरणका लागि लक्की ड्  को आयोजना गरिने तयारी रहेको  प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।