शुक्रबार, बैशाख १४, २०८१

सभामुख र दलीय नेतृत्ववीचको आजको बैठकले पनि अपेक्षित परिणाम विहिन

काठमाडौ पौष ११,  व्यवस्थापिका–संसद्को जारी अवरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीको पहलमा सभामुख सहित तीन दलका शिर्ष नेतृत्ववीच भएको बैठकमा सदनको गतिरोध हटाउने विषयमा दलबीच सहमति कायम हुने अपेक्षा गरिएपनि अपेक्षित परिणाम सकारात्मक हन सकेनन ।  बैठमा संसदमा onsari-gharti-magar-final-358x296-406x300सत्तारुढदलले मधेसवादी दलको मागलाइ सम्बोधन गर्नका लागि तत्कालीन प्रम एवम् काँग्रेस सभापति स्व सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीवीच भएको सहमति अनुरुपनै प्रस्तुत प्रस्ताव दर्ता गरिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रम प्रचण्ड सहित सत्तासाझेदार दल काँग्रेसका शिर्ष नेतृत्वले प्रस्तावको सवालमा एमालेलाइ सकारात्मक बन्न आग्रह गर्दै गर्दा प्रमुख प्रतिपक्षीदल एमाले प्रस्तुत आग्रहलाइ अस्वीकार गर्दै संशोधनको प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको जनाउ दिएको थाहा भएको छ ।

त्यस्तै बैठकपछि आजको छलफलको सकारात्मक परिणाम भनेको विद्यमान समस्या समाधानको लागि जारी छलफललाइ निरन्तरता दिने सहमति भएको जनाउ काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले दिनु भएको हाम्रा सहकर्मीले जनाएको छ ।  आजको  छलफलमा माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, प्रमुख सचेतक टेकबहादुर बस्नेत, प्रवक्ता भुसाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक सहभागी हुनुनहन्थ्यो भने काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक चीनकाजी श्रेष्ठको उपस्थिती रहेको थियो ।