शनिबार, बैशाख १५, २०८१

व्यवस्थापिका संसद बैठक: पूर्व सभासद् सायमी प्रति शोक प्रस्ताव पारित, आजै अन्त्येष्टि

काठमाडौ पौष १२,  व्यवस्थापिका संसद्को आज बसेको बैठकमा नेपाः राष्ट्रिय पार्टीको तर्फकाट पूर्व सभासद् रहेका बुद्धरत्न मानन्धरको निधनमा श्रद्धाञ्जलि अर्पण img_9162_sjh_samsad_073गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।

उच्च रक्तचाप र मुटुरोगबाट पीडित पूर्व सभासद सायमीको गत पौष १० गते ७३ वर्षको उमेरमा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । आजको बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले संसदमा नेपालभाषाका कविसमेत रहनुभएका सायमीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्दै एकमिनेट मौनधारण गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्तसमेत गरेको थियो ।

img_5250sjh_buddha-sayami-antesti img_5255sjh_buddha-sayami-antesti img_5258sjh_buddha-sayami-antesti img_5259sjh_buddha-sayami-antesti img_5260sjh_buddha-sayami-antesti img_5283sjh_buddha-sayami-antesti यसैवीच आजै पूर्वसभासद् बुद्ध सायमीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।   उहाँको अन्त्येष्टिको क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, सोही पार्टीका सांसद लक्ष्मण राजवंशी, सांसद रुपा महर्जनलगायत नेता उहाँलाई श्रद्धाञ्जलि दिन आर्यघाट पुग्नुभएको थियो ।  पूर्वसभासद् सायमीका श्रीमती तथा एक छोरा र एक छोरी हुनुहुन्छ । यसअघि उहाँको शव श्रद्धाञ्जलिका लागि /fhwfgLl:yt भूगोलपार्कमा राखिएको थियो   भने  त्यहाँ   नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोल र  सभासद भीमसेनदास प्रधान, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाः पार्टीका कावा अध्यक्ष सुवर्णकेशरी चित्रकार, साहित्यकार दुर्गालाल श्रेष्ठ, नवीन चित्रकारलगायतले   पूर्वसभासद् सायमीप्रति   श्रद्धाञ्जलि  दिनु भएको  थियो ।