शुक्रबार, बैशाख १४, २०८१

जारी राजनीतिक गतिरोध अन्त्यका लागि काँग्रेसको यस्तो छ प्रस्ताव

काठमाडौ पौष ११ ,   नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीवीचको आज बसेको बैठकले मुलुकमा जारी गतिरोध एवमे दलहरुवीच देखिएको congress-samsadiya-dalविस्वासको संकटलाइ चिर्न स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने चार बुँदे प्रस्ताव अघि सारेको छ ।

त्यस्तै काँग्रेस संसदीय दलको कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको उक्त बैठकले सहमतिका लागि सत्तासाझेदार, प्रमुख प्रतिपक्षी दलसहित अन्य दलसँगको वार्तालाई प्रभावकारी बनाउन आफैले पहलकद्मी दिनुपर्ने निष्कर्ष को पहिचान गरेको छ । बैठकमा पार्टीका सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा सशाक कोइराला लगायतका नेताको सहभागिता रहेको थियो ।