शनिबार, बैशाख १५, २०८१

संसद अवरुद्ध गर्दै छलफल नै गर्न नदिने प्रवृति आफैमा घातक: डा.रिजाल

 संविधान संशोधन प्रस्ताव उपर छलफलनै हुन नसक्ने :  एमाले नेता  महासेठ

संविधानको  सर्वस्विकार्यताको लागि  संशोधन प्रस्तावमा छलफल हुनुपर्छ :  माओवादी केन्द्रका नेता  बस्नेत

सशोधन प्रस्ताव परिमार्जन सहित आयो भने  पारित गर्न आफूहरु तयार:    लक्ष्मणलाल कर्ण मधेशी मोर्चा 

काठमाडौ मार्ग २६,  रिपोर्टर्स क्लब नेपालद्दारा आज आयोजित साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव लाइ छलफलमा आउननै नदिइ संसद्ध अवरुद्ध गर्नु गलत भएको बताउँनु भएको छ । यदि दर्ता भएको प्रस्ताव न्याय laxman-lal-karna-555x335संगत छैन त्यसवारेपनि विधिसंगतरुपमा छलफल गर्दै निकास खोज्न सकिने जनाउ सहित संसद अवरुद्ध गर्दै छलफल नै गर्न नदिने प्रवृति आफैमा घातक हुने अभिमत प्रकट गर्नु भएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका नेता रघुविर महासेठले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव उपर छलफलनै ह’न नसक्ने जनाउ सहित यदि छलफल भएपनि प्रस्तुत प्रस्ताव कुनै हालतमा पारित नहुने दावी गर्नु भएको छ ।  त्यस्तैगरि उहाँले काँग्रेस र माओवादी केन्द्र स्वयमले पनि यो प्रस्ताव पास गर्न चाहेका छैन भने किन छलफल गरिरहनु पर्ने भन्दै प्रतिप्रश्न गर्दै भने संविधान कार्यान्वयन हुन नदिनको लागि नियोजितरुपमा ल्याईएको संशोधन प्रस्तावलाई स्थगित् गरेर दलहरुवीचको व्यापक सहमतिका माध्यमबाट संसदमा रहेका अन्य विषयहरु महाअभियोगको प्रस्ताव, निर्वाचनसम्बन्धीका ऐन तथा कानूनहरु पारित गर्ने लगायतमा केन्द्रित भएर अघि बढे संसद भोलिदेखि नै सूचारु बताउँनु भएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहनु आवश्यक नभएको बताउँदै प्रस्तुत प्रस्ताव तत्कालिन काँग्रेस सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव नै नभएको उल्लेख गर्दै   संविधानलाई सर्वस्विकार्यताको लागि आएको संशोधन प्रस्तावमा छलफल हुनुपर्ने बताए । त्यस्तै उहाँले कसैले कसैलाई पनि निषेध गर्न नहुँने र व्यापक छलफल तथा परामर्श गर्न गर्नुपर्नेमा जोड दिदै सरकारले संविधान संशोधन प्रस्तावलाइ आवश्यक परिमार्जन गर्न तयार हुनुपर्ने बताए । त्यस्तै मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संशोधन प्रस्तावको विरोधमा एमालेले आन्दोलन गर्नु प्रतिगामी कदम भएको टिप्पणी गर्दै अहिलेको सशोधन  प्रस्ताव परिमार्जन सहित आयो भने यसलाई पारित गर्न आफूहरु तयार रहेको जनाउ दिदै जनतालाई अधिकार दिने कुरामा एमालेले विरोध गर्नु गलत भएको आरोप लगाए ।