शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक : भूकम्पपछिको पुनःनिर्माणका लागि चीनसरकारको अनुदान सहयोग स्वीकार

प्रम तथा मन्त्रीपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौ मार्ग २६ मन्त्रिपरिषद्को आज बसेको बैठकले चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि दिएको रु १५ अर्ब ८० करोड अनुदान सहयोग mantri-602x256स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै आजको बैठकले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा डा दिनेशचन्द्र पोखरेललाई पदोन्नति गर्नुका साथै निर्वाचन कसुर सजायसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनु भएको छ ।

साथै उहाँले बैठकले वर्तमान सरकार गठन पछि सार्वजनिक गर्नुपर्ने प्रम तथा मन्त्रीपरिषद सदस्यहरुको प्राप्त सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्नुको अलावा सहसचिव डा सुरोज पोखरेललाई सरकारको सचिवमा पदोन्नति गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। त्यस्तै, डा गोविन्द केसीसँग भएका सबै सहमतिको अध्ययन गर्न, सरकारले स्वामित्व लिन र कार्यान्वयन गर्नका लागि कार्यविधि बनाउन सोसम्बन्धी प्रस्ताव विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।