शनिबार, बैशाख १५, २०८१

वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नुपर्नेमा श्रममन्त्री गुरुङको जोड

काठमाडौ पौष ४, सञ्चार प्रतिष्ठान नेपालद्दारा आज राजधानीमा आयोजित सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशाला गोष्ठीलाइ सम्बोधन गर्दै श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बढ्दो वैदेशिक रोजगारीले समाजमा विकृतिलाइ प्रशय दिएको जनाउ दिदै मुलुकमा युवा 15675949_10210114227245437_3515814175525030380_oशक्तिको उपस्थितलाइ बचाउनका लागि पनि वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्नुपर्ने बताउँनु भएको छ ।

पत्रकार प्रमोद दाहालको कार्यपत्रमाथि पत्रकार प्रदीप चापागार्इंले टिप्पणी गर्नुभएको उक्त  कार्यशालामा पूर्व श्रम सचिव बाबुराम आचार्य, वैदेशिक प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग शाह, सञ्चार प्रतिष्ठानका कावा अध्यक्ष सनत आचार्य, एम्नेष्टी इन्टरनेसनलका अध्यक्ष राजन कुइँकेललगायतले प्रस्तावित विषयमा आआफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।