बुधबार, बैशाख १२, २०८१

काष्ठमण्डप पुनःनिर्माणका लागि सप्तविधानोत्तर पूजा

काठमाडौ पौष ४,  काष्ठमण्डपको पुनःनिर्माणप्रति आम जनताको ध्यानाकर्षणका लागि काष्ठमण्डप पुनःनिर्माण अभियान २०७२ तथा श्री खण्डमूल महाविहारको संयुक्त आयोजनामा आज गत वर्षको महाभूकम्पबाट भग्नावशेषमा परिणत भएको गोरखनाथ मन्दिर अर्थात काष्ठमण्डपमा आज बज्रयान बौद्ध परम्पराअनुसार सप्त विधानोत्तर पूजा गरिएको हो ।
बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म भएको उक्त पूजामा संस्कृतिविद् सत्यमोहन जोशी, काँग्रेसका नेता प्रकाशमान सिंह, जनकवि दुर्गालाल श्रेष्ठ, सांसद भीमसेनदास प्रधान, पूर्वमन्त्री तीर्थराम डङ्गोललगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।