आइतवार, बैशाख १६, २०८१

मुख्यमन्त्री जयललिताको निधन

काठमाडौ मार्ग २१, तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ । जयललिताको सोमबार मध्यरात १२ बजे निधन भएको छ । उनलाई आईतबार ह्रदयघातका कारण अस्पताल भर्ना गरिएको थियो । सोमवार साझ त्यहाँका स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले उनको निधन भएको समाचार प्रसारण गरेको jaylallitaa-555x335थियो पछि उक्त समाचाारलाई एपोलो अस्पतालले विज्ञप्ति जारी गर्दै अस्वीकार गरेको थियो। तर सोमबार राति भने अस्पतालले नै उनको निधन भएको पुष्टि गरेको छ ।  उनी विगत दुई महिनादेखि अस्पतालमा उपचाररत थिइन् । उनको निधन पश्चात एपोलो अस्पतालको बाहिर उनका शुभचिन्तकहरूको बाक्लो भिड जम्मा भएको छ । भिडलार्इ नियन्त्रण गर्नका लागि प्रहरीले लाठि चार्जसम्म गर्नु परेको छ । तमिल नाडुमा आमा भनेर निकै चिनिएकी जयललिता अस्पतालमा गत सेप्टेम्बर २२ देखि उपचार गराइ रहेकी छन् ।

जयललिता चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी हुन्। उनी भारतको पूर्वस्टार नायिका समेत हुन् । ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो ।उनको निधनको दुखद समयमा प्रदेशमा ७ दिन राजकिय शोकको घोषणा गरिएको छ ।