शुक्रबार, बैशाख १४, २०८१

महासङ्घद्दारा पत्रकार बोहराकी धर्मपत्नीको उपचारका लागि आर्थिक सङ्कलन अभियान सुरु

काठमाडौं मार्ग १७,  नेपाल पत्रकार महासङ्घले आफ्नो कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहराकी धर्मपत्नी ममताको उपचारका लागि ‘आर्थिक सङ्कलन appeal-16-mansirअभियान’ सुूरु गरेको छ ।  सुदूरपश्चिमको पत्रकारिताका क्षेत्रमा एउटा उत्कृष्ट पहिचान बनाएका र नेपाली पत्रकारिता क्षेत्रमा स्थापित पत्रकार बोहोराको निधनपछि राजधानीको भेनस अस्पतालमा उपचाररत उहाँकी धर्मपत्नी ममता बोहोराको उपचारमा गम्भीर आर्थिक समस्या परेकोले नेपाल पत्रकार महासंघले यो अभियान चलाएको हो ।

महासंघ यो अभियानमा साथ दिई स्वर्गीय पत्रकार बोहोराकी धर्मपत्नीको जीवन बचाउन आफ्ना सबै सदस्य र आमसञ्चारकर्मी तथा स्वदेश एवं विदेशमा रहेका अन्य सह्दयी महानुभावहरूमा आ–आफ्नो संस्था, शाखा मार्फत अथवा नेपाल पत्रकार महासंघको नाममा रहेको कमलादीस्थित नेपाल बंगलादेश बैंक लि. को ००१०३६३५२ए खातामा सहयोग जम्मा गरिदिनुहुन महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।