शनिबार, बैशाख ८, २०८१

पत्रकारमाथि भएको प्रहरी ज्यादतीको महासघद्दारा भत्र्सना

काठमाडौं मार्ग १७, नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा इमेज टीभी र सेतोपाटी डटकमका पर्सा सम्मावददाता अनिल तिवारीमाथि वप्रकाका प्रहरीले दुव्र्यवहार गर्दै मोवाइलसमेत तोडफोड गरेको घटनाप्रति को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मार्ग १६ गते पर्सा जिल्ला अदालतमा नाराबाजी release-17-mansirगरिरहेका महिलाहरूमाथि प्रहरीद्वारा भएको लाठी चार्जको समाचार संकलनका क्रममा पत्रकार तिवारीलाई प्रहरीले दुव्र्यवहार गर्दै उहाँको मोवाइल तोडफोड गरिदिएको महासंघ पर्सा शाखाले जनाएको छ ।

महासंघका महासचिव उजिर मगरद्दारा आज जारी विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अधिकारको सदुपयोग गर्दै स्वतन्त्रतापूर्वक आफ्नो पेशागत धर्म निर्वाह गरिहेका पत्रकारमाथि आमजनताको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गर्दै महासंघले प्रहरीबाट भएको यस किसिमको ज्यादतीको कडा शब्दमा निन्दा र गर्दै दोषीउपर कारवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसंग माग गरेको छ ।