बुधबार, बैशाख १२, २०८१

लैङ्गिक पत्रकारिता पुरस्कारबाट प्रेमर्षी र बस्नेत सम्मानीत

काठमाडौ मार्ग १६ नेपाल पत्रकार महासङ्घद्वारा अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा स्थापित पहिलो लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय बबिता बस्नेत र धीरेन्द्र प्रेमर्षीलाई प्रदान गरिएको छ । जनही रु ४० हजार राशि रहेको उक्त पुरस्कार आज महासंघ मुख्यालयमा आयोजत एक dsc_0188dsc_0070dsc_0062कायक्रमकावीच सभामुख ओन्सारी घर्तीले प्रदान गर्नु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महासङ्घले प्रदान गरेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार आफैम अर्थपूर्ण रहको बताउँदै सभामुख घर्तीले लैङ्गिक समानताका क्षेत्रमा पत्रकारको भूमिका महत्वपूर्ण रहने विस्वास व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै लैङ्गिक समानताका लागि महिलहरुलाई पत्रकारिता पेशामा प्रोत्साहन गर्नुका साथै पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि समेत महासंघ कृयाशिल रहेको बताउनु भयो ।

त्यस्तै पुरस्कृत पत्रकार धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतले पुरस्कारले आफूहरुलाई यो क्षेत्रमा लाग्न अझै उत्प्रेरित बनाएको धारण राख्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले लैङ्गिक समानताका विषयमा आफ्नो धारण राख्नु भएको थियो ।
लैङ्गिक समानताका क्षेत्रमा लामो समयदेखि कलम चलाए वापत प्त्रकारद्दयलाइ पुरस्कारका लागि छनौट गरिएको छनौट समितिका संयोजक अनिता विन्दुले जानकारी गराउनु भयो । पुरस्कार छनौट समितिमा महासंघकातर्फबाट उपाध्यक्ष अनिता विन्दु, सचिव संगिता खड्का र कोषाध्यक्ष सूर्यमणि गौतमका साथै मदरल्याण्ड नेपालकातर्फ बाट जीवन पाण्डे तथा विषय विशेषज्ञका रुपमा कपिल काफ्ले रहनु भएको थियो ।

 लैंगिक समानता पत्रकारिता पुरस्कार–२०७३बाट   पुरस्कृत पत्रकारद्वय बबिता बस्नेत र धीरेन्द्र प्रेमर्षीलाई यस http://www.kantipurhotline.com को  तर्फबाट पनि धेरैधेरै बधाई तथा शुभकामना   ।