शनिबार, बैशाख १५, २०८१

महासंघद्दारा पूर्व राजाको अभिव्यक्ति समयसापेक्ष भएको ठहर

विज्ञप्तिमा उल्लेख भएअनुरुपको भाव कार्यान्वयनका लागि  एकाकार हुन महासंघको आव्हान

काठमाडौं पौष ७, पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकताको मर्म माथि भइरहेको निर्मम प्रहार र यसवीचमा मौलाएको निषेधको राजनीति र प्रतिशोधको मानसिकता 15682003_1625780594391077_1797714234_oर मुलुकको मुल्य-मान्यतामा आधारित राजनीतिमा आएको तरलता एवम् माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन नसक्नुको अलावा यसले कदापी राष्ट्रिय गौरव बचाउँन नसक्ने भन्दै बुधवार जारी साँझ जारी गर्नु भएको विज्ञप्तिको विश्व हिन्दू महासंघ अन्तराष्ट्रियले स्वाष्त सहित प्रस्तुत विज्ञप्तिमा उल्लेख गरिएको भाव समय सापेक्ष भएको बताएका छन ।

 विश्व हिन्दू महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले जारी गर्नु भएको स्वागत विज्ञप्तिमा पहाड र तराईबीचको एकताभाव तोड्ने र नेपाली– सद्भाव खल्बल्याउने प्रयास भइरहेको वर्तमान परिपेक्ष्यमा पूर्व राजबाट समृद्ध , समून्नत र सूदृढ सिंगो, संगठित ,अविभाजित, सार्वभौम नेपालको कामना गर्दै मुलुकमा केहि समय यतादेखी बढ्दो वाहृय शक्तिको अनुचित प्रभावलाइ निस्तेज बनाउँन र नेपाल र नेपालीको अजेय शक्तिको रक्षाका लागि देखाउँनु भएको चिन्ता प्रति सम्पूर्ण नेपाली एकाकार हुँने   विस्वास गरिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले बुधवार जारी विज्ञप्तिमा मुलकमा बाहृय शक्तिको बढ्दो प्रभावलाइ निस्तेज बनाउँन हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गर्न गर्नु भएको आव्हान र समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ नराख्ने जिकिर गर्नु भएको थियो । क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्र कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य भएको जिकिर गर्नु भएको छ ।