बिहिबार, चैत्र १५, २०८०

महङगी विरुद्ध भन्दै विप्लव नेतृत्वको माओवादीद्दारा आव्हान उपत्यका बन्दको -प्रभाव सामान्य

काठमाडौ पौष ७ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज पेट्रोलियम पदार्थको मूल्यबृद्धि तथा महङगीको विरोधमा भन्दै आव्हान गरेको उपत्यका बन्दको क्रममा सामान्य घटना वाहेका स्थित सामान्य रहेको प्राप्त समाचार उल्लेख गरिएको छ । हाम्रा सहकर्मीले राजधानीकाका विभिन्न क्षेत्रको स्थलगत 14971220_10205500382387648_483315957_nभ्रमणको क्रममा निजी सवारी साधन बढी चलेपनि सार्वजनिक यातायातका ठूला साधान भने कमै चलेको जनाउँदै  बन्द आव्हानका कारण स्कूलहरु भने प्राय  बन्द रहेको जानकारी दिएका छन ।

त्यस्तै बिहानैदेखि राजधानीमा मुख्य सडकसहित चोक चोकमा प्रहरी परिचालित भएका कारण बन्दकर्ताहरु समुहगतरुपमा प्रदर्शनमा उत्रेपनि खासै त्यस्तो कुनै घटना नभएको परिचालित प्रहरीलाइ उदृत गर्दै  सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ ।  तर यसैवीच भक्तपुरमा भने बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले केहि व्यक्तिलाइ पक्राउ गरेको थाहा भएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार प्रहरीले माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको उल्लेख गरिएको छ भने मध्यपुरथिमिमा बा३ख २४६५ नंको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएको जनाईएको छ ।