शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ–तराई मधेस द्रुत मार्ग निर्माणका लागि कार्यदल गठन

 प्रदेश निजामती सेवाको गठन विधेयक तयार गर्न  सैद्धान्तिक सहमति , राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाख सहित पुरस्कृत गर्ने र शुक्लाफाँट वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिने 

काठमाडौ पौष ७,  मन्त्रिपरिषद्को आज बसेको बैठकले काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माण सरकार आफैले गर्ने योजना अनुरुप पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । दु्रत मार्ग बनाउन अख्तियार गरिने रणनिती योजनाको सवालमा प्रस्तुत कार्यदलले सुझाव दिने भएको छ ।

mantri-602x256त्यस्तै बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कुसुम सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरिएको सरकारका प्रवक्त एवम सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बैठकपछि सञ्चारकर्मीलाइ जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता कार्कीका अनुसार बैठकले प्रदेश निजामती सेवाको गठनका सोको , सञ्चालन र सेवाको सर्तको निर्धारणका लागि विधेयक तयार गर्न सरकोकारवाला मन्त्रालयलाइ सैद्धान्तिक सहमति दिएको जानकारी दिनुको अलावा राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाख सहित पुरस्कृत गर्ने र शुक्लाफाँट वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।