शनिबार, बैशाख १५, २०८१

काउन्सिलद्वारा चिनियाँ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौ मार्ग १७ , प्रेस काउन्सिल नेपालको आयोजनामा आज राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम कार्यक्रमको आयोजना गरेका छन ।    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला img_3555-medium img_3557-medium img_3567-medium img_3569-medium img_3578-medium ओढाएर स्वागत गर्नुको अलावा शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने धारणा अभिव्यक्त गर्नु भएको थियो । त्यस्तै उहाँले ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकीको रुपमा बुझ्दछौं,यसअर्थमा पनि हामी एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँनु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल–चाईना मिडिया फोरमका अध्यक्ष एवम् काउन्सिल सदस्य किशोर श्रेष्ठले चीन सरकार र त्यहाँका जनताले नेपालप्रति देखाएको असल छिमेकीपनको चर्चा गर्दै नेपाल –चीन सम्वन्धलाई थप उँचाईमा पु-याउन दुवै देशका मिडियाको उत्तिकै भूमिका रहने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस्तैगरि चिनियाँँ प्रतिनिधिमण्डलका तर्फवाट लु योङ् मिङ्ले हजारौं बर्षदेखि दुईदेशबीचका जनताको सुसम्वन्ध रहेको स्मरण गराउँदै नेपालको समृद्धि र बिकासका लागि चीन सदैब तत्पर रहने बताउँदै मिङ्ले नेपालका विभिन्न स्थलमा भ्रमणका क्रममा खिचेको दशौंहजार तस्विरको संगालो काउन्सिललाई हस्तान्तरण गर्नुभएको थियो । तस्वीर : महेन्द्रराज