सोमवार, बैशाख १७, २०८१

अन्तर्राष्ट्यि व्यापार मेलाको प्रस्तावित उदेश्य पूरा हुँदै

भक्तपुर मार्ग २७, मेला भर्नेको संख्या कम हुँदै गए पनि भक्तपुर अन्तर्राष्ट्यि व्यापार मेलाको  प्रस्तावित  उदेश्य पूरा हुनेमा आयोजकहरु विश्वस्त रहेका छन् । शनिबार दिनभर थामि नसक्नु गरी ओर्लिएको अवलोकनकर्ताको भीड हिजो र आज क्रमिकरुपले सेलाएर आज मात्र ११ हजारले अवलोकन गरेको छ, त्यो पनि टिकट काटेर मात्र र प्रि टिकटबाट अवलोकनको हिसाबै छैन मेला सयोजक राजुमृगेन्द्र जोशीले बताए ।

आज सोमबारको चौथौ दिनसम्ममा ७० हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरिसकेको आयोजकको भनाई छ । सो मेलाको आज चौथौ दिनमा ८० लाख भन्दा माथिको व्यापार भएको संयोजक जोशिसँग तथ्याग छ । शनिवार २ करोड र आइतवार १ करोड भन्दा बढी व्यापार गरेको भन्दै आयोजकहरुको उदेश्य अनुसार मेला पूर्णरुपले सफल हुने विश्वास भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवालको पनि छ । मंगलबार उद्यौली पर्व र नेवार समुदायको योमरी र्पुिर्णमाको दिन सार्वजनिक विदा भएकाले मेला भर्नेको माहोल झन् बढ्ने र व्यापार बढ्ने अपेक्षा अध्यक्ष अवालको छ ।\समापनको दिनमा अवलोकनकर्ता स्वभाविकरुपले बढ्ने र सो अवधिमा कम्तिमा पनि ३५ हजार भन्दा बढिले अवलोकन गर्ने आयोजकहरुले अनुमान गरिएको छ । छ दिने भक्तपुर अन्तर्राष्ट्यि व्यापार मेलाको आज चौथौ दिनमा दर्शकहरु सल्लाधारीको १०८ रोपनी जग्गा स्थित मेला क्षेत्रमा घाम ताप्दै सौन्दर्य व्यवसायी संघको संयोजनमा भइरहेको फेशन शो र सांगितिक प्रस्तुतीमा रमाइरहेका थिए । सोमवार भएको फेशन शोमा चाणक्य कलेज, सिवर्ड इन्टरनेश्नल कलेज, शंकर नेश्नल स्कूल, स्मल किट्स स्कूल, एभरेट पब्लिक स्कूलका विद्यार्थीहरुले विभिन्न गीत संगितमा नृत्य प्रस्तुत गर्दै फेशन शो प्रदर्शन गरेका थिए भने सो अवसरमा मेला भर्न आएका लोकप्रिय लोक गायक पे्रमराजा महतले पनि दर्शकलाई लोक भाका पस्कदै नचाएका थिए ।

मंगलबारका दिनमा पनि विभिन्न कलेज तथा स्कूलका विद्यार्थीहरुको आकर्षक नृत्य र फेशन सो हुने कार्यक्रम सञ्चालक ऋषि श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार मंगलबारको मेलाको शोमा बनेपाको गुल्मी गाइज, गायिका सरीता प्रजापति र रोट्याक्ट क्लव अफ पाटन दरवार स्वीक्वारको फेशन शो हुने कार्यक्रम रहेको छ । ‘मेला गरौं, मेला भरौं, मेला– महोत्सवबाट विकास गरौं’ भन्ने मूल नाराका साथ मंसिर २४ गते देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारी मैदानमा भइरहेको भक्तपुर अन्तर्राष्ट्यि व्यापार मेला २०१६को समापन झनै आकर्षक हुने भन्दै मेलाले सामाजिक उत्तरदायित्वबहन गर्दै व्यवसायिक प्रवद्र्धन गर्न सफल रहेको चर्चा आयोजकहरुको छ । मंगलबारको मेलामा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अवलोकन गर्ने कार्यक्रम रहेको आयोजकलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।