मङ्लबार, बैशाख ४, २०८१

श्रीलंकाका सेक्रेटरी जनरल परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट जाओबीच वार्ता

  अन्तर्राष्ट्रिय व्यापार मेला:
भक्तपुर मार्ग २६, अन्तर्राष्ट्रिय व्यापार मेलामा श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच दुईपक्षीय वार्ता भएको छ । फेडेरेशन अफ चेम्बरर्स अफ कमर्स एन्ड इन्डष्ट्रिज् अफ श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन img_70451 img_71181जाओबीच मेलाको अवसरमा दुईपक्षीय वार्ता भएको हो ।
वार्ताले दुबै पक्षबीचको सम्बन्धलाई अझ मजबुत बनाउन र एकआपसको व्यापार व्यवसाय अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन (आइतबार)का दिन सहभागी अन्य अवलोकनकर्ताहरुसँगै ती दुईले पनि अवलोकन गर्दै मेलाको व्यवस्थापन पक्ष निक्कै व्यवस्थित रहेको प्रतिmक्रिया दिएको मेलाका संयोजक राजुमृगेन्द्र जोशीले बताए ।
भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनीको जग्गामा जारी मेलामा सहभागिता जनाउँदै उनीहरुले मेला व्यवस्थित र भव्य रहेको प्रतिक्रिया दिए ।
संयोजक जोशीले श्रीलंकाका सेक्रेटरी जनरल अजित परेराले आगामी सेप्टेम्बर २०१७ मा श्रीलंकामा हुने हुने मेलामा भक्तपुर चेम्बरलाई पनि निमन्त्रणा दिएको बताउँदै भक्तपुरमा भएको मेलाबाट आफू प्रफुल्लित भएको प्रतिक्रिया दिएको बताए ।  मेलामा सहभागी हुन आएका ती दुई पक्षबीच वार्ता र छलफल गराउनका लागि आयोजक कमिटीले वातावरण बनाइदिएको थियो । ‘मेलामा ती दुई पक्षबीच भएको वार्ताले हाम्रो उद्देश्य पूरा भएको छ, हामीले व्यापार व्यवसाय प्रवद्र्धनका लागि पुलको काम गरिदिएका छौं ।’ संयोजक जोशीले भने । जेडटीइ स्मार्ट फोनको प्रस्तुति र जगदम्बा स्टिलको मुख्य प्रायोजनमा सुरु भएको सो मेला भक्तपुरमा पहिलोपटक आयोजना भएको बताउँदै मेलाले भक्तपुरको पहिचान बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ ।

मेला संयोजक जोशीका अनुसार तेस्रोे दिन पनि अवलोककर्ताहरुको उल्लेख्य सहभागिता रहेको बताए । आयोजकका अनुसार तेस्रो दिन १६ हजारले अवलोकन गरेका छन् भने करिब १ करोड माथिको व्यापार भएको छ ।  औद्योगिक उत्पादनहरुको प्रवद्र्धन तथा नवीन सम्भावनाहरुको पहिचान र सदुपयोग भई भक्तपुर जिल्लालगायत मुलुककै आर्थिक उत्थानमा नयाँ आयाम थप्ने कार्यमा सहायकसिद्ध गर्ने उद्देश्यका साथ आयोजित उक्त मेलामा मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, घरेलु तथा लघु उद्यमका उत्पादनहरुको प्रदर्शनी, सूचना–प्रविधि प्रदर्शनी, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मुल्य पसल लगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुको जानकारी तथा परम्परागत सा“स्कृतिक नाचगानको पनि प्रदर्शनी स्थल रहेको भक्तपुर वाणिज्य संघका अध्यक्ष केपी अवालले जानकारी दिए ।
‘मेला गरौं, मेला भरौं, मेला– महोत्सवबाट विकास गरौं’ भन्ने मूल नाराका साथ गरेको मेलाले निक्कै उत्साहित बनाएको छ ।’ अध्यक्ष अवालले भने ।
विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको समेत विशेष स्टल रहेको उक्त मेलामा विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि लिएर नेवारी मौलिक खानाका स्टलहरु समेत छन् ।
मेलामा आउने बालबालिकाहरुका लागि समेत बाल मनोरञ्जनका सामग्रीहरुको उपलब्धता रहेको उक्त मेलामा १ सय ७२ वटा स्टलहरु छन् । मेलामा भारत, बंगालादेश, पाकिस्तान, चीन, श्रीलंका, मलेसियालगायतका देशका स्टलहरु छन् । मेलाअन्तर्गत भक्तपुर सौन्दर्य कला व्यवसायी संघ र रोट्याक्ट क्लब अफ पाटन दरबार स्क्वायरको संयोजनमा मंसिर २७, २८ र २९ गते फेशन शो आयोजना हुने आयोजकले जनाएको छ । मंसिर २८ गते मंगलबार योमरी पुर्णिमाको दिन विशेष कार्यक्रम हुनेछन् ।

यसैबीच मेलाको तेस्रो दिन नेवारी समुदायको मौलिकता बोकेको बाँसुरी बाजा प्रतियोगिता पनि सम्पन्न भएको छ । मेलामा सहभागी हुन आएका अवलोकनकर्ताहरुलाई मनोरञ्जन दिन तथा मौलिक संस्कृतिबारे जानकारी दिन सहयोग पु¥याउने उद्देश्यले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहेको थियो भने आज ८ टोलीले प्रस्तुती गरेको सो प्रतियोगिताको नतिजा २९ गते सार्वजनिक गरिने कृष्णहरी प्रजापतिले जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930