सोमवार, बैशाख १७, २०८१

भारतीय राष्ट्रपति मुखर्जी बुधबार नेपाल आउँदै, राजकीय भ्रमणको लागि आवश्यक तयारी पूरा : परराष्ट्र मन्त्रालय

काठमाडौ कात्तिक १६,   राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा कात्तिक १७ गते नेपालको राजकीय भ्रमणमा आउँनु लाग्नुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपालको राजकीय भ्रमणको लागि आवश्यक तयारी पूरा भएको भएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रणमका foreign-affairs-ministry-1लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको जनाउँदै भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई प्रमुख विषय भएको जनाएको छ । त्यस्तै १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय यसअघिनै गरिसकेकोे छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उहाँलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै राष्ट्रपति मुखर्जीले मुलुकका राजनीतिक दलका नेताहरुसंग शिष्टाचार भेटवार्ता गर्नुको अलावा शुक्रबार जनकपुरको भ्रमण सहित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उहाँको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानुहुनेछ । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।