सोमवार, बैशाख १७, २०८१

आज भाइटीका पर्व मनाउँदै

काठमाडौ कात्तिक १६,   यमपञ्चक अर्थात् तिहारको ५ औं  दिन  अन्र्तगत  आज भाइटीका मनाउँदै छन ।  आजको  यो पर्वमा    दिदीबहिनीले आफ्ना दाजुभाइको    दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार   सप्तरङ्गी टीका लगाई पूजा गर्ने  गर्दछीन  भने  दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउन्दै   अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्तिको  कामना सहितको  आशिष वचन दिने गर्दछन ।  त्यसो त भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५२ मिनेटको समय उत्तम  समउ रहेको  maxresdefault-e1413800494356यसअघिनै  पञ्चाङग  निर्यायक समितिले जनाइसकेको  छ ।

भाइटीकाको  क्रममा   अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी   टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ । त्यस्तै टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा  रहिआएको  छ ।

  यसैवीच   दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भएपनि गत वर्षको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।