आइतवार, बैशाख १६, २०८१

प्रस्तावित मितिभित्रै निर्वाचन गर्नुको विकल्प छैन: सभापति देउवा

केन्द्रीय सभापति देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम उद्योग मन्त्री तथा केन्द्रीय सदस्य जोशीद्दारा वहिष्कार गरेको चर्चा
 स्वास्थ्य मन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाद्दारा  सम्मान ग्रहण

14877133_10205461138806583_435375128_nकाठमाडौ कात्तिक १४,  नेपालीहरुको दोस्रो महानपर्व तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज काठमाडौं काँग्रेस क्षेत्र न ८ अन्र्तगतको १५ वडा महानगरसमितिले उपत्यकाबाट निर्वाचित काँग्रेस सभासद एवम् केन्द्रीय सदस्यद्दय नविन्द्रराज जोशी र गगनकुमार थापालाइ सम्मान सहित वृहत जलपान कार्यक्रमको आयोजना गरेको छ । चाडपर्वको अवसरमा समितिले प्रत्येक वर्ष आयोजना गर्ने गरेको शुभकामना आदानप्रदान सहितको उक्त कार्यक्रममा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन सरकारमा काँग्रेसका तर्फबाट उपत्यकाबाट निर्वार्चित भएर मन्त्रिपरिषदमा सहभागी हुँदै जनमुखी कार्य सम्पादन गरेको भन्दै मन्त्रीद्दयलाइ सम्मान गरेको हो ।

काँग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजित प्रस्तुत कार्यक्रमलाइ सम्बोधन गर्दै सभापति दे्उवाले मुलुकमा स्थायी शान्ति तथा जारी संविधानको सफल कार्यान्यनका लागि स्थानीय निकायको निर्वाचन त्यसलगत्तै प्रस्तावित मितिभित्रै प्रदेश र संसदको निर्वाचन गर्नुको विकल्प नभएको बताउँनु भएको छ । त्यस्तै कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य मन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसको काँधमा आएको जिम्मेवारी पूरा गर्दै काँग्रेसकै नेतृत्वमा जारी संविधानको कार्यान्वयनका लागि आसन्न निर्वाचन सपन्न गर्ने वातावरण बनाउँन पार्टका विभिन्न तह र तप्कामा रहेको साथीहरुलाइ आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तिर्थराम डंगोल, सासद तथा नयाँ वर्ष आयोजना मुल समाहरो समितिका अध्यक्ष भिमसेनदास प्रधान, सासंद राज्यलक्ष्मी श्रेष्ठ, लगायतले दिवापलीको शुभकामना व्यक्त गर्नु भएको थियो ।  त्यस्तै काँग्रेसको १३औ महाधिवेशनमा पार्टीको विभिन्न तह र तप्कामा निर्वार्चित dfव्यक्तित्व समेत लाइ सम्मान गरिएको कार्यक्रममा विभिन्न स्थानीय राजनैतीक दलका नेता, सञ्चारकर्मी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैवीच कार्यक्रममा उपस्थित आम कामपा वडा १५ का स्थानीय लगायतका आमन्त्रित व्यक्तित्वकोविचमा सम्मानीत व्यक्ति एवम् नेपाल सरकारका उद्योग मन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य  नविन्द्रराज  जोशी सम्मान ग्रहणकालागि अनुपस्थित भएपछि चलेको प्रसंग अर्थात केन्द्रीय सभापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वहिष्कार गरेको र काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति जुद्धररत्न बज्राचार्यलाइ मञ्चआसिन गराएपनि शुभकामना अभिव्यक्त गर्न   अवसर नदिइ आयोजकले मानमर्दन गरेको भन्ने चर्चाले चरम व्यापकता पाएका थियो । यद्यपी यस सम्बन्धमा हामा संवादतालो कार्यक्रम आयोजक र उद्योगमन्त्री निकट व्यक्तिसंग जिज्ञासा राख्दा उहाँहरुले प्रस्तुत सवालमा चलेको चर्चा आफैमा घाम जस्तै छर्लङग भएको भन्दै जुन हुँन नहुँने थियो त्यो भएको बताए ।  कार्यक्रम  कामपा वडा.न.१५ का  महानगर इकाइसभापति  राजु खरेलको  सभापतित्वमा  सम्पन्न  भएको  थियो ।