काठमाडौ कात्तिक १४, महाकवि लक्ष्मीप्रसाद देवकोटाकोआज १०८ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित
तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना लेखन थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र समाज सुधारका भाव पाइन्छन् । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता jf]ss]sf देवकोटाsf] n] खण्डकाव्य मुनामदन त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ । महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्डकाव्य रहेका छन् । उहाँकाृ २०१६ साल भदौ २९ गते निधन भएको थियो ।
संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझै अब बुझ्छु बल्ल ॥१॥
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥
महामरूमा कणझैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैं छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥