बुधबार, जेष्ठ २, २०८१

७ प्रदेशमै उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने, टेलिकमको कार्यकारी निर्देशकमा राजभण्डारी नियुक्त

मन्त्रिपरिषद् बैठक : काठमाडौ आश्विन ६ मन्त्रिपरिषद्को आज बसको बैठकले उच्च अदालत प्रयोजनार्थ ७ प्रदेशमै उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय सहित आगामी mantriparisad२ वर्षभित्र मुक्तहलिया पुनःस्थापनाको काम सक्ने प्रतिवद्धता सहितको नितिगत निर्णय गरेको छ ।  त्यस्तै बैठकले विश्व बैंकको खासगरी दक्षिणपूर्वी शाखामा काम गर्नका लागि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव दीननाथ उपाध्यायलाई कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा पठाउने पनि निर्णय गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले पत्रकारलाई जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रवक्ता कार्कीका अनुसार बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्नुको अलावा राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकद्वय लक्ष्मण गुरुङ र रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालय अन्तर्गतको केही अधिकारीको सरुवा र पदस्थापना समेत गरेको जानकारी दिनु भएको छ । त्यस्तै गरी सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभागका अतिरिक्त महाननिरीक्षक कृष्णकुमार तामाङलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ भने मानव स्रोत विकास विभागका सिंहबहादुर श्रेष्ठलाई प्रधान कार्यालय प्रशासन विभागमा त्यस्तैगरी सशस्त्र प्रहरी बल प्रधान कार्यालय सीमा सुरक्षा विभागका पे्रमकुमार शाहीलाई प्रधान कार्यालय कार्य विभागमा र प्रशिक्षण प्रतिष्ठानका प्रकाश ओझालाई सीमा सुरक्षा विभागको जिम्मेवारी दिएको छ ।

 त्यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई बलको मानवस्रोत विकास कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ भने सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विकास कार्यालयका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जितबहादुर पुनःलाई महानगरीय सशस्त्र प्रहरी प्रधान कार्यालयमा पदस्थापन गर्नुको अलावा प्रवक्ता कार्कीले बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको खर्च विभिन्न अस्पतालको बिलका आधारमा रु एक करोड ४० लाख दिने निर्णय सहित धाविका भोजपुरकी मीरा राईलाई सरकारका तर्फबाट उपचारका लागि रु पाँच लाख दिने निर्णय भएकागरेको जानकारी दिनु भएको छ ।