बुधबार, जेष्ठ २, २०८१

ठमेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने मन्त्रीत्रयको प्रतिबद्धता

काठमाडौ भाद्र १७,  ठमेल पर्यटन विकास परिषद्ले आज सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, संस्कृतिमन्त्री जीवनबहादुर शाही र उद्योगमन्त्री नवीन्द्रराज Captureजोशीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना अभिव्यक्त गरेको छ ।

पर्यटकीय क्षेत्र ठमेलको विकास प्रवद्र्धनका लागि क्रियाशील परिषद्ले त्यस अवसरमा ठमेलको परम्परागत विशेषतालाई कायमै राखी आधुनिक पूर्वाधार विकास र पहुनालाई गुणस्तरीय सेवाको सुनिश्चत गर्न पनि सरोकार भएका निकायको ध्यानाकर्षण सहित विशेष कार्ययोजना ल्याइनु माग गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै बधाई तथा शुभकामना ग्रहण गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, संस्कृतिमन्त्री जीवनबहादुर शाही र उद्योगमन्त्री नवीन्द्रराज जोशीले ठमेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त कार्यक्रम परिषद्का अध्यक्ष रामशरण थपलियाको सभापतित्वमा सम्पन्न भएको थियो ।