बुधबार, जेष्ठ २, २०८१

काउन्सीलको ४७ औं वार्षिक उत्सवको अवसरमा ३३ जना पत्रकार पुरस्कृत(नामावली सहित)

काठमाडौ आश्विन ६ , प्रेस काउन्सील नेपालको आफ्नो स्थापना ४७ औं वार्षिक उत्सवको अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३३ जना पत्रकारलाइ १३ विधामा पुरस्कार प्रदान गरेका
छन् ।  बिहीबार राष्ट्रपति निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले १ लाख ५ हजार रासीको गोपालदास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्यलाइ त्यस्तै captureगरि १ लाख पाँच हजार रासीको प्रेस काउन्सीलको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट तरुण साप्ताहिकका सम्पादक परशु घिमिरेलाइ परस्कृत गर्नु भएको छ ।  त्यस्तै २५ हजार रासीको प्रेस काउन्सील आचारसंहिता पुरस्कारबाट बुटवल टुडे दैनिकले प्राप्त गरेका छन भने १५ हजार रासीको प्रेस काउन्सील साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीले प्राप्त गर्नु भएको छ ।  प्रेस काउन्सील स्तम्भलेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीले प्राप्त गरेका छन् ।  प्रेस काउन्सील भाषागत पत्रकारिता पुरस्कार, गोपाल छाङ्छा राई, भोजपुर ,प्रेस काउन्सील महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, कविता थापा, भक्तपुर, मनिषा श्रेष्ठ महरा, रोल्पा र दुर्गा भण्डारी, कास्कीले पाएका छन् ।

१० हजार राशीको प्रेस काउन्सील सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार    महेश दास, पर्सा, डा राजेश झा , देवराज पन्त, र पवन आचार्यले प्राप्त गरेका छन् भने प्रेस काउन्सील समावेशी पत्रकारिता पुरस्कार, शीतल महतो, धनुषा, विष्णुलाल बुढा, डोल्पा, माधवप्रसाद चम्लागाई, काठमाडौं, रोशन साँवा, काठमाडौं, सुशील दर्नाल, पाल्पा र लक्ष्मीकुमारी चौधरी, सुनसरीले प्राप्त गरेका छन् ।  प्रेस काउन्सील युवा सशक्तिकरण पत्रकारिता पुरस्कार, उपेन्द्रराज केसी भक्तपुर, हेमन्तकुमार पौडेल, कैलाली, लेखनाथ न्यौपाने, भक्तपुर, भुवन शर्मा, काठमाडौं, श्यामसुन्दर यादव, सप्तरी र प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार, गणेश लम्साल, मोरङ, प्रकाशकुमार खतिवडा, सप्तरी, मोतिराम तिमल्सेना, काभ्रे, रिषव गौतम, बाराले प्राप्त गरेका छन् ।  १० हजार राशीको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार शेखर अधिकारी काठमाडौं, प्रदीपराज वन्त, काठमाडौं र विनोद शाही, सुर्खेतले प्राप्त गरेका छन् । प्रेस काउन्सील वर्ष कर्मचारी पुरस्कार सूचना प्रविधि अधिकृत रामशरण बोहरा र प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट कार्यालय सहयोगी श्यामबावु महर्जनलाइ प्रदान गरिएको छ ।