मङ्लबार, जेष्ठ १, २०८१

महासङ्घद्दारा पत्रकार बर्देवामाथि भएको घटनाको भत्र्सना

काठमाडौ आश्विन ५, नेपाल पत्रकार महासङ्घले रेडियो ‘मिर्मिरे’का पत्रकार सुदीप बर्देवामाथि समाचार सङ्कलनका क्रममा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा captureप्रहरीद्वारा आज भएको हातपात र नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका सचिव धुव्र लम्सालद्वारा आज जारी विज्ञप्तिमा नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै पत्रकार बर्देवामाथि भएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाही गरी पत्रकारको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा उल्लेख गरिएको घटना विवरण अनुसार यातायात व्यवस्था कार्यालयले इन्टरनेटमा देखिएको खराबीका कारण सर्भरले काम नगरेकाले आज काम नहुने भन्दै सूचना टाँस गरेपछि बिहानैदेखि सवारी चालक अनुमतिपत्र लिन लामबद्ध व्यक्तिले नाराबाजी गरेपछि प्रहरीबाट भएको लाठी प्रहारको दृश्य खिचिरहेको अवस्थामा पत्रकार बर्देवामाथि प्रहरीले हातपात गर्नुका साथै बर्देवालाई केही समय नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031