बुधबार, जेष्ठ २, २०८१

काँग्रेस र माओबादी केन्द्र वीचको गठबन्धन अप्राकृतिक : जनयुद्ध रक्षा फ्रन्ट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई जनयुद्ध र क्रान्तिप्रति अपराध नगर्न चेतावनी

झापा भाद्र १७, जनयुद्ध रक्षा फ्रन्ट नेपालले आगामी मङ्सिरमा र्टीको दोस्रो महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । फ्रन्टको झापाको बिर्तामोडमा सम्पन्न केन्द्रीय विस्तारित बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
2जनयुद्धको विचार र उपलब्धिको रक्षा गर्ने लक्ष्यका साथ २०६५ सालमा जनयुद्ध रक्षा फ्रन्टको स्थापना भएको थियो । फ्रन्टका अध्यक्ष पर्वतले वर्तमान नेपाली काँग्रेस  र माओबादी केन्द्र वीचको गठबन्धन अप्राकृतिक भएको टिप्पणी गर्दै सरकारको भण्डाफोर र विरोध गरिने बताएका छन् ।

सरकारले गठन गरेका शान्ति समितले द्वन्द्वपीडितलाई न्याय दिनुको साटो भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै फ्रन्टका अध्यक्ष पर्वतले शान्ति समिति खारेज हुनु पर्ने माग गरेका छन् ।

उनले विज्ञप्तिमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई जनयुद्ध र क्रान्तिप्रति अपराध नगर्न चेतावनी दिएका छन् ।