सोमवार, बैशाख १७, २०८१

 विद्यार्थी नेताद्दयको स्वास्थ्यमा गम्भीर समस्या

संगठनभित्र आन्तरिक लोकतन्त्रको स्थापनार्थ अन्तिम समयसम्म दृढतापूर्वक संर्घष गर्ने प्रतिवद्धता

काठमाडौं श्रावण २२ , नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनका विधिवत रुपमा सम्पन्न हुनुपर्ने माग गर्दै नेपाली काँग्रेस पार्टीको मुख्यालयमा सानेपामा विगत ८ दिनदेखि आमरण अनसनरत विद्यार्थी नेताद्दय गणेश सापकोटा र रत्नहरि ढुंङ्गेलको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । शनिबार बिहान ३ बजे देखि अचानक विद्यार्थी नेताको ब्लड प्रेसर र Press Release Of NSUमृगौलामा समस्या देखिएपछि वागबजार स्थित काठमाण्डौं मोडेल अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा संगठनभित्र आन्तरिक लोकतन्त्रको स्थापनार्थ महाधिवेशन निर्देशक समितिसँग गम्भीर छलफल भइरहेपनि प्रस्तावित माग पुरा नहुन्जेलसम्म अस्पतालको शैयाबाटै संघर्ष गर्ने र आमरण अनशन नतोडी विधि विधानको पक्षमा अन्तिम समयसम्म दृढतापूर्वक संर्घष गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेताद्दयले लोकतन्त्रप्रेमी आमसमुदाय, नागरिक समाज र संचारजगत समक्ष सहयोगका लागि अपिल गरेको छ ।