सोमवार, बैशाख १७, २०८१

जनसेवा गर्ने मन्त्रालय नभएका कारणअरु मन्त्रालयको लिनुको खासै अर्थ छैन: नेता केसी

भक्तपुर श्रावण २२ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले श्यामबहादुर स्मृति प्रतिष्ठानले भक्तपुरको बालकोटमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण, एवम् रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै 344896494_14297129941भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताउनुभएको छ ।

त्यस्तै उहाँले पदको भागबन्डा भन्दा पनि व्यक्तिको योग्यता, क्षमता, जनप्रियता र अनुभवको आधारमा कुनैपनि पदको जिम्मेवारी दिइनुपर्नेम जोड दिदै नेता केसीले आफूले पाएको रक्षा मन्त्रीको पद भन्दा जनसेवा ठूलो भन्ने लागेर त्यसलाई स्वीकार नगरेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  साथै उहाँले सदैव आफ्नो रोजाइ भनेको जनसेवा भएका कारण रक्षा मन्त्रालय जनतासँग घुलमिल हुने मन्त्रालय नभएको र जव जनताको सेवा गर्ने मन्त्रालय पाइदैन भने अरु मन्त्रालयको जिम्मेवारी लिनुको खासै अर्थ नभएको बताउनु भएको छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेस नेता रामप्रसाद दवाडीलगायतले सरकारले जनताको मन जित्ने काम गर्नुपर्ने धारणा राख्नु भएको समाचारमा उल्लेख गर्दै मध्यपुर अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण र रक्तदान कार्यक्रम रबालकोटका ५३ जना र गोठाटार बालआश्रमका १२ जना बालबालिकालाई स्टेसनरी सामग्री, झोला र ट्र्याकसुट वितरण गरिएको जनाईएको छ ।