आइतवार, बैशाख १६, २०८१

महासङ्घद्वारा समवेदना व्यक्त

काठमाडौ श्रावण २८, नेपाल पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् नेपाल पत्रकार shok release 28 saunमहासङ्घका सल्लाहकार पोषण केसीका पूज्य पिता गुरुप्रसाद खत्रीको ८४ वर्षको उमेरमा बाँकेको खासकुस्मा गाविस लौकीस्थित निवासमा विहिवार निधन भएमा दुख व्यक्त गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।

महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा स्वर्गीय खत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना सहित शोकको यो घडीमा सल्लाहकार पोषण केसीलगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।