शुक्रबार, बैशाख २१, २०८१

पत्रकार कुट्ने प्रहरीलाई कारवाही गर : युनियन

काठमाडौं श्रावण ३० , नेपाल प्रेस युनियनले नेविसंघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको झडपमा को समाचार र तस्विर संकलनमा गएका फोटो पत्रकार माथि प्रहरीले गरेको दुव्र्यवाहर कुटपिटको घटनाको भत्सना सहित घटनामा संल्गनलाइ तत्काल कारवाहीको माग गरेको छ ।

press-unionयुनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा प्रहरीले झडपको तस्बिर र भिडियो किन खिचेको भन्दै फोटो पत्रकार आले र चौधरीको क्यामेरासमेत तोडफोड गर्नुको अलावा अभद्र रवैया सहित कुटपिठमा उत्रदा चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएको ृल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा समाचार तथा तस्विर संकलनका लागि गएका पत्रकारहरुमाथि प्रहरीले कुटपिट गर्दै पत्रकारको क्यामेरामा क्षती पुर्‍याउने घटनाको निन्दा गर्दै युनियनले पत्रकारमाथि कुटपिट गर्ने प्रहरीलाई आवश्यक कार्वाही गरि घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरेको छ । साथै प्रहरी नेतृत्वलाई आगामी दिनमा सञ्चारमैत्री व्यवहारका लागि मातहतका निकायलाई निर्देशन दिन पनि माग गरेको छ ।