आइतवार, बैशाख १६, २०८१

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौ श्रावण २१, प्रेस काउन्सिल नेपालका पहिलो अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले आफ्नै नामबाट हरेक वर्ष एक Captureउत्कृष्ट पत्रकारलाई काउन्सिलको वार्षिकोत्सवको अवसरमा पुरस्कृत गर्ने उदेश्य सहित अक्षयकोष स्थापना गर्नुभएको छ ।
बस्नेतले ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ का लागि रु २६ लाखको अक्षय कोष स्थापना गर्नुभएको हो । काउन्सिलमार्फत प्रदान गरिने उक्त पुरस्कार स्थापना गर्नेबारे पूर्वअध्यक्ष बस्नेत र काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की बीच आज सम्झौता भएको काउन्सिलले जनाएको छ ।