सोमवार, बैशाख ३१, २०८१

अनुमति पत्र लिनुपर्ने विषयमा व्यापक छलफल आवश्यक:अध्यक्ष डा.बिष्ट

काठमाडौं श्रावण २५, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकारको योग्यता तोक्नु सही भए पनि अनुमति पत्र लिनुपर्ने विषयमा व्यापक छलफल आवश्यक भएको बताउनुभएको छ । महासंघले आइतवार आयोजना गरेको एकदिने ट्रमा (आघात) र पत्रकारिता विषयको प्रशिक्षण कार्यक्रममा डा. बिष्टले प्रेस काउन्सिलले पत्रकारहरुलाई Captureअनुमति पत्र लिनुपर्ने व्यवस्था गर्न लागिएको सन्दर्भमा सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउनु स-हानिय विषय भएपनि अनुमति पत्र नै लिनुपर्ने अनिवार्य व्यवस्था गर्नुअघि सरोकारवालाबीच व्यापक छलफल आवश्यक भएको बताउनुभयो । पत्रकारहरुको न्युनतम पारिश्रमिक दोव्बर बृद्धि भएको र साउन १ गतेदेखी कार्यान्वयनमा समेत आईसकेको जानकारी दिँदै अध्यक्ष डा. बिष्टले न्युनतम पारिश्रमिक दिनु परे मिडिया हाउस बन्द गर्छौ भन्ने मालिकको धम्की प्रति महासंघ नडगमगाउने बताउनुभयो । उहाँले मिडिया मालिकले न्युनतम पारिश्रमिक दिन तयार नभए महासंघ अदालतसम्म जाने बताउनुभयो ।
पत्रकारहरुको हितमा महासंघले दुर्घटना बिमा, पत्रकार विपत कोष, जेष्ठ पत्रकारहरुका लागि मासिक भत्ता, स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट जस्ता कार्यक्रम ल्याईसकेको जानकारी दिँदै उहाँले पछिल्लो समय सरकारले पनि आमसञ्चार नीति ल्याउनु सकारात्मक कार्य भएको बताउनुभयो । डा. बिष्टले सरकारले हालै जारी गरेको नीति अनुसार विदेशी टेलिभिजन च्यानल विज्ञापन सहित हुनुपर्ने, विज्ञापन नेपाली हुनुपर्ने जस्ता विषय समेट्नुले नेपाली सञ्चारक्षेत्रको विकासमा कोशेढुंगा सावित हुन सक्ने बताउनुभयो । पत्रकारहरुलाई मर्यादित बनाउन नयाँ आचार संहिता लागु गर्ने तयारी भईरहेको बताउँदै अध्यक्ष डा. बिष्टले पत्रकारहरुको दक्षता अभिबृद्धिका लागि प्रशिक्षण प्रतिष्ठानको गठन गर्ने तयारी समेत भईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले विगतको विपदमा सञ्चारकर्मीहरुले खेलेको भुमिका स¥हानिय भएको चर्चा गर्दै जिल्लाको हरेक सन्दर्भमा पत्रकार र प्रशासन हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोज थापाले विपदको बेलामा कसरी काम गर्ने भन्ने सन्दर्भमा पत्रकारहरुलाई दक्ष बनाउन सके विपदमा परेका आम नागरिकलाई सचेत बनाउन सहयोगी हुने बताउनुभयो ।

महासंघ भक्तपुरका अध्यक्ष अमर भुजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक दिपक पाण्डे, महासंघ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईं, सचिव जगत प्रजापतिलगायतले पत्रकारहरुले पेशागत मर्यादाको ख्याल गरी कलम चलाउनुपर्नेमा जोड दिदैं प्रशिक्षण पत्रकारका लागि उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय पत्रकार महासंघको सहयोगमा सञ्चालित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विनोद ढुंगेलले ट्रमाका विविध पक्षको जानकारी दिँदै ट्रमा परेको अवस्थामा कसरी समाचार संकलन गर्ने र त्यस्तो अवस्थामा समाचार संकलन गर्दा ध्यानदिनुपर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३५ सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।