शनिबार, जेष्ठ ५, २०८१

दुई नेपाली पत्रकारसहित ११ जना सम्मानित

दिल्ली  श्रावण २५,  भारतको राजधानी दिल्लीस्थित नोएडा फिल्म सिटीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका पूर्वोत्तर राज्यमा सक्रिय ११ पत्रकारलाई सम्मान गरिएको छ । नोएडा १६ मा रहेको मारवाह स्टुडियोमा आयोजित नेशनल वर्कशप अन फोटो–भिडियो जर्नालिजम् एण्ड नेशनल एचिभ्मेन्ट अवार्ड कार्यक्रममा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।
Nepali Journalist Awarded in Delhi Nepali Journalist Awarded in Delhi4नेपाली पत्रकारद्वय इन्द्रकमल जैरु र महेशसिंह रैखोला सम्मानित भएका छन् । जैरु र रैखोला नेपाल वान टेलिभिजनमा कार्यरत छन् । भारतका उत्तरपूर्वी आसाम, पश्चिम बंगाल र त्रिपुराका पत्रकारलाई सम्मानित गरिएको छ । गोर्खा समुदायको उथानका लागि पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै सिक्किमबाट प्रकाशित प्रजाशक्ति पत्रिकाका फोटो पत्रकार राजेश शर्मालाई सम्मान गरिएको छ । मारवाह स्टुडियोका संस्थापक सन्दिप मारवाह एवम् वरिष्ठ फोटो पत्रकार ओपी शर्माले पत्रकारलाई सम्मान प्रदान गरेका थिए । उनले पत्रकारका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै पत्रकारको हित र अधिकारका लागि लडिरहने बताएका छन् । यसैगरी, मारवाह स्टुडियोका सचिव विपीन गौरले पनि सञ्चार जगतलाई सधैँ साथ दिने बताएका छन् ।