मङ्लबार, बैशाख १८, २०८१

एकद्धार प्रणालीद्धारा पत्रिका वितरणको व्यवस्था गर्न सुझाव

भक्तपुर श्रावण २७, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लास्थित साना लगानीका पत्रपत्रिकाका समस्याका बारेमा छलफल गरेको छ । महासंघले बुधवार आयोजना गरेको छलफलमा जिल्लाका साना लगानीका स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाका प्रकाशक तथा सम्पादकहरुको उपस्थिती रहेको थियो ।
FNJ-logo-300x2461छलफलमा साना लगानी पत्रपत्रिकाहरुमा नयाँ न्युनतम पारिश्रमिक, वितरण प्रणाली, विज्ञापन संकलन, सरकारी निकायका सूचना, सन्देश तथा विज्ञापन स्थानीय सञ्चारमाध्यमहरुलाई प्राथमिकताकासाथ समानुपातिक ढंगले वितरण हुनुपर्ने लगायतका विषयमा छलफल भएको महासंघका सचिव जगत प्रजापतिले जानकारी दिनुभयो ।

सो अवसरमा जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरुको वितरण प्रणाली प्रभावकारी बनाउने, सम्पूर्ण सरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक प्रतिष्ठान, बैंक तथा ठुला सहकारी र कलेजहरुमा नियमित रुपमा पत्रिका पु-याउन आवश्यक व्यवस्थाका लागि सबै प्रकाशन गृह र प्रकाशकहरु सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको सचिव प्रजापतिले बताउनुभयो ।  छलफलमा प्रकाशकहरुले सरकारले समानुपातिक विज्ञापन वितरण कार्यान्वयन गरी साना लगानीका सञ्चारमाध्यमहरुलाई प्रवद्र्धन गर्ने कार्य गरे नयाँ न्युनतम पारिश्रमिक लागु गर्न समस्या नहुने बताएका थिए । उनीहरुले महासंघको नेतृत्वमा एकद्धार प्रणालीद्धारा पत्रिका वितरणको व्यवस्था गर्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष एवम् धरहरा टाईम्स साप्ताहिकका प्रकाशक रमेश खड्काले वितरण प्रणाली प्रभावकारी नभएकै कारण स्थानीय सञ्चारमाध्यमहरुलाई जिल्लास्थित सरकारी निकायहरुले नै बेवास्ता गर्ने गरेको बताउनुभयो ।

त्यस्तै एडुकेशन भ्वाईस मासिकका प्रकाशक रमेश गिरीले महासंघले एक जना कर्मचारी राख्ने र सबै पत्रिकाहरुसँग निश्चित रकम लिएर जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक प्रतिष्ठानलगायतमा पु¥याउन व्यवस्था गर्न सके वितरण प्रणाली प्रभावकारी हुन सक्ने सुझाव दिनुभएको थियो । महासंघ भक्तपुरका अध्यक्ष अमर भुजुको सभापतित्वमा सम्पन्न छलफलमा प्रक्षेपण दैनिकका प्रकाशक एवम् महासंघ भक्तपुरका पुर्व अध्यक्ष विकल श्रेष्ठ, हाम्रो समाज साप्ताहिकका प्रकाशक मणिराम लामिछाने, नुवागी मासिकका प्रकाशक मैयाँ त्वायनावासु, परिवर्तनशिल आवाज साप्ताहिकका रामचन्द्र प्रजापति, देश साप्ताहिकका पुष्कर बुढाथोकी, मध्यपुर पोष्ट मासिकका रामकृष्ण शंखदेवलगायतको सहभागिता रहेको थियो ।