मङ्लबार, बैशाख १८, २०८१

नासु पराजुली र अमिन खत्रीविरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा रङगेहात पक्राउ गरेका नापी कार्यालय मनमैंजुका नासु लक्ष्मीप्रसाद पराजुली र अमिन कमलबहादुर खत्रीविरुद्ध आज विशेष bishesh-adalatअदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा अमिन खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाबिक गर्ने सिलसिलामा मालपोत कार्यालयका नासु पराजुलीलाई उपलब्ध गराउनुपर्ने भनी सेवाग्राहीसँग विभिन्न बहानामा रु ३० हजार माग गरिरहेको सूचनाका आधारमा घुस रकमसहित पक्राउ गरिएको जनाएको छ । त्यस्तै विज्ञप्तिमा अभियुक्तद्दयलाइ भ्रष्टाचार निवारण ऐन, अनुरुप बिगो रु ३० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी लिई आयोगले आज आज मुद्धा दायर गरिएको जनाएको छ ।