आइतवार, बैशाख १६, २०८१

छ करोड मूल्यबराबरको कोकिन सहित थाई नागरिक पक्राउ

काठमाडौ श्रावण २६,  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौबाट मलेसियाको क्वालालम्पुर हँुदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन विमानस्थलमा चेकजाँच गर्ने क्रममा मङ्गलबार download-2-1राति ३ किलो ५४.५ ग्राम कोकिन बरामद गरेको जनाएको छ । ‘फल्सबटम’ बनाइएको सुटकेसमा उक्त कोकिन लुकाई थाइल्यान्ड लैजान लागेको अवस्थामा बरामद गरेको उक्त लागुऔषध छ करोड १० लाख ८० हजार रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा ब्युरोले दिएको जानकारी अनुसार केइपिकुलाई थाइल्यान्डमा बस्ने नाइजेरियाका नागरिकले कोकिनको कारोबार गरेबापत ७० हजार भाट दिने आश्वासन दिएका कारण आफुले उक्त परिणामको कोकिन थाइल्यान्ड लैजान लागेको अनुसन्धानको क्रममा स्वीकार गरेको जनाएको छ ।