सोमवार, बैशाख २४, २०८१

काँग्रेसबाट मन्त्री बन्ने को-को ?

काठमाडौ भाद्र ९,  नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा nc-flageसहभागी हुने मन्त्रीको नामावली लामो रस्आकस्सी पछि टुङ्गो लगाएको छ ।

मन्त्रीको नामावली टुङ्गो लगाउँन पार्टीका शिर्ष नेताहरुबीच आज बिहान भएको छलफलपछि अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङलाइ सरकारमा पठाउँने भएको हो ।
काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसक्नुभएको छ । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।