बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरको दर्शन

ललितपुर भाद्र ९,  श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ललितपुरस्थित कृष्ण मन्दिरको   Anup_20160825_4 Anup_20160825_5 Anup_20160825_6 Anup_20160825_7 Anup_20160825_8 Anup_20160825_9 Anup_20160825_10दर्शन गर्नुभएको छ ।   जन्माष्टमीको अवसरमा राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने परम्परा अनुरुप उहाँले कृष्ण मन्दिरको दर्शन गर्नुभएको हो । त्यस अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो

मन्दिरको पूर्व अवस्थित मङ्गाहिटीमा रहेको प्राचीन ढुङ्गेधाराका बारेमा समेत उहाँले चासो राख्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई ललितपुरका प्रजिअ ऋषिराम शर्मा लगायतले स्वागत गर्नुभएको थियो ।