शनिबार, बैशाख १५, २०८१

ओली सरकारले भन्यो-९ महिने कार्यकाल स्वाधीनता र स्वाभिमानको जग बसाल्न सफल रह्योे

९ महिने कार्यकाल समिक्षा:

९ महिने कार्यकालमा सञ्चार क्षेत्रमा पनि उल्लेख्य प्रगति :सञ्चारमन्त्री राई

काठमाडौ श्रावण १८ , एमाले अध्यक्ष केपी ओली नेतृत्वको कामचलाउ सरकारको मन्त्रिपरिषद्को आज बसेको अन्तिम बैठकले ओली नेतृत्वको सरकारको ९ महिने कायकार्यकालले जनतामा स्वाधीनता र स्वाभिमानको जग बसाल्न सफल anup_20160104_4भएको निष्कर्ष निकालेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले ओली सरकारको ९ महिने कार्यकालमा सरकारको तर्फबाट ल्याइएका विकासका योजनासहितको नीति र कार्यक्रम आफुहरुले आगामी दिनमा व्यवस्थापिका संसदमा प्रतिपक्षिको रुपमा पनि कार्यान्वयनका लागि जिम्मेवार भूमिका खेल्ने सङ्कल्पसमेत गरेको बताउँनु भएको छ । साथै बैठकले ९ महिने कार्यकालमा सहयोग गर्ने कर्मचारी प्रशासन, सुरक्षा निकाय, सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गरेको उहाँले जनाकारी दिनु भएको छ ।

यसअघि सञ्चार मन्त्री शेरधन राईले आजै आफ्नो करिब ९ महिने कार्यकालको उपलब्धि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै नयाँ संविधानको भावना र मर्मअनुसार राष्ट्रिय आमसञ्चारसम्बन्धी नीति तर्जुमा , विज्ञापनरहित ‘क्लिनफिड’ नीति, २०७३ को जारी, श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रामिक निर्धारण, छापा माध्यम, विद्य््ुतीय सञ्चार माध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन बापतको बजेटलाई दोब्बर बनाउन अर्थ मन्त्रालयमा गरेको सिफारिस सहित अनलाइन सञ्चार माध्यमलाई समेत बजेट विनियोजको लागि गरेको प्रस्ताव र राष्ट्रिय पत्रकारिता दिवसको घोषणाको अलावा अनलाइन मिडियालाई प्रभावकारी वनाउन आवश्यक निर्देशिकाको तर्जुमा सहित प्रेस काउन्सिलको कामलाई प्रभावकारी बनाउँने लगायतको क्षेत्रमा गरेको कार्य समेतबाठ प्राप्त उपलब्धिको चर्चा गर्नु भएको थियो ।