आइतवार, बैशाख २३, २०८१

परिवार दलले दाहालको पक्षमा मतदान गर्ने

काठमाडौ श्रावण १९,  नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल nepal-pariwar-dalदाहाललाई मतदान गर्ने निर्णय गरेको छ ।  व्यवस्थापिका संसदमा दुइ सिट रहेको परिवार दलको आज बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक दलहरूबीचमा राष्ट्रिय सहमति कायम गर्न र नयाँ संविधान कार्यान्वयन गर्न उचित वातावरण तयार गर्न भन्दै दलले सो निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।