आइतवार, बैशाख २३, २०८१

प्रम दाहालको शपथ बिहीबार,भारत र चीनका तर्फबाट बधाई

काठमाडौ श्रावण १९,  व्यवस्थापिका संसदमा आज भएको निर्वाचनबाट प्रधानमन्त्रीमा मुलुकको ३९ औं प्रमको Prachanda-Dahalवरिताक्रममा निर्वाचित हुनु भएका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ बिहीबार लिनु हुँने भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा विहिवार अपराह्न ३ बजे आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैवीच नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिर्दै भारत भ्रमणको निम्तोसमेत दिनुभएको छ । यस्तै चिनियाँ राजदूत ऊ चुन्ताईले भने दाहाल निवास लाजिम्पाटमा पुगेर उहाँलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिनुभएको थियो ।