मङ्लबार, बैशाख २५, २०८१

सपथसंगै प्रधानमन्त्री प्रचण्डले सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने

काठमाडौ श्रावण २०, व्यवस्थापिका संसदबाट बुधवार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले प्रधानमन्त्रीको सपथ संगै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ ।Prachanda-Dahal  समाचार स्रोतका अनुसार आज विस्तारित हुँने सानो आकारको मन्त्रिपरिषदमा सत्ता साझेदार दल माओवादी केन्द्र र नेपाली कांग्रेसको तर्फबाट पहिलो चरणमा ३/३ जना सहभागि गराउँने तयारी रहेको र यसको लागि मन्त्री बन्ने नेताहरुको नाम सिफारिस गर्न यि दुवैदलको बैठक बस्दै गरेको बताइएको छ ।

स्रोतका अनुसार कांग्रेसको तर्फबाट विमलेन्द्र निधिको नेतृत्वमा अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ ,शेखर कोइराला र रमेश लेखक मध्ये ३ रहने लगभग निश्चित रहेको बताईएको छ भने  माओवादी केन्द्रको तर्फबाट नेता कृष्णबहादुर महरा म जनार्दन शर्मा, राम कार्की, प्रभु साह, रेखा शर्मा, हितराज पाण्डेलगायतको नाम चर्चामा रहेको छ । यसअघिको सहमति अनुरुप कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् । ६ मन्त्रालय राप्रपा र अरु साना दलका लागि छुट्टाइएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031